8 years ago
September 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाकी कमला श्रेष्ठले प्रथम स्ट्रोङगेष्ट २०१७ सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा तीन राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
काठमाडौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको महिला ६३ केजी जुनियरतर्फ कमलाले स्नाचमा ६२ केजी, क्लिन एण्ड जर्कमा ८१ केजीका साथ कुल १ सय ४३ केजी भार वहन गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि २०७० मा काठमाडौमा भएको लुम्बिनी च्याम्पियनसिपमा सोनम चौधरीले स्नाचमा ३५ , क्लिन एण्ड जर्कमा ५३ र कुलमा ८८ केजी तौलको कीर्तिमान कायम गरेकी थिइन् ।
कमलाले जितेको तौल समूहमा नेपाली सेनाकी मनिता श्रेष्ठ ६१ र ८० केजी गरि कुल १ सय ४१ भार उठचाउँदै दोस्रो स्थान हासिल गरिन् । त्यसै तौलको सिनियरतर्फ सप्तरीकी शान्ति चौधरीले स्नाचमा ५५ केजी, क्लिनमा ६८ केजीका गरि कुलमा १ सय २३ केजीका साथ पहिलो र नेपाली सेनाकी उषा खड्का स्नाचमा ५५, क्लिनमा ६७ केजी सहित कुलमा १ सय २२ केजीका साथ दोस्रो भइन् ।
प्रतियोगिताको सिनियर ५३ केजी तौलमा बाँकेकी सञ्जु चौधरीले क्लिनमा ८१ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरिन् । यसअघि उनले एशियन युथ एण्ड जुनियर च्याम्पियनसिपमा ८० केजी भारका साथ कीर्तिमान बनाएकी थिइन् । उनले स्नाचमा ५७ र कुलमा १३८ केजीका साथ स्वर्ण प्राप्त गरिन् । दोस्रो भएकी झापाकी सुमी भट्टराईले २२, २७ र कुलमा ४९ केजीका साथ रजत पदक प्राप्त गरिन् ।
त्यसै स्पर्धाको जुनियरतर्फ बाँकेकी कविता चौधरीले स्नाचमा ३५, क्लिनमा ५१ र कुलमा ८६ केजीका साथ स्वर्ण, सप्तरीकी सन्तोषी यादवले २७, ३४ र कुलमा ६१ केजीका साथ रजत र पर्साकी रविना बस्नेतले ३०, ३० र ६० केजीका साथ कास्य पदक प्राप्त गरिन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]