default_image

9 years ago

December 7, 2015

कुङफुमा नेपाल टिम च्याम्पियन

139 views

0 Bookmark

भारतको नयाा दिल्लीमा भएको आईएमजीसी विश्व कुङफु च्याम्पियनसिपमा नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ ।

1(3)

नेपालसहित विभिन्न १७ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल १२ स्वर्ण, ६ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्न सफल भएको टिम प्रशिक्षक सुकमान लामाले जनाएका छन् । भारत दोश्रो भयो ।

डिसेम्बर ३ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा रमेश नेपाली, सूर्य लामा र विकास लामाले दोहोरो स्वर्ण जिते । उनीहरुले थाउलु र सान्डामा स्वर्ण जितेका हुन् । श्रृष्टि श्रेष्ठले थाउलुमा स्वर्ण र सान्डामा रजत जितिन् । त्यस्तै सान्डामा मदन विश्वकर्मा, लक्ष्मण चौलागाईं, चिराग पौडेल तथा रविन्द्र मगरले नेपाललाई १–१ स्वर्ण दिलाए ।
सान्डा स्पर्धामै युक्ता युवा, मन्जिता तामाङ, नवीनबहादुर सारु, राम चौलागाईं र सागर तामाङले १–१ रजत तथा यज्ञराज घलले कांस्य हात पारे। सोमबार स्वदेश फर्किएको च्याम्पियन टोलीलाई नेपाल उमा कुङफु संघका अध्यक्ष उद्धव थापा मगर, सचिव सिद्धार्थ लामा, सदस्य सन्जितकुमार राई, खेलाडी, अभिभावकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । च्याम्पियनसिपमा नेपाल उमा कुङफु संघका खेलाडी सहभागी भएका थिए ।

April 27, 2025

राष्ट्रिय हक्की यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

Success

Thank you for your time.