8 years ago
September 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेसनल एकेडमी अफ स्पोर्ट्स मेडिसिन पोखराले बजारमा ल्याएको खेलकुद विज्ञान सम्बन्धि जानकारी दिने पुस्तक ‘स्पोर्ट्स मेडिसिन’ सार्वजनिक भएको छ । खेलकुद विज्ञान सम्बन्धि जानकारी दिने पुस्तक स्पोर्ट्स मेडिसिनको युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले बुधबार एक कार्यक्रमको बीच विमोचन गरे ।
पुस्तक विमोचन कार्यकममा बोल्दै मन्त्री केसीले खेलका दौरान खेलाडीले अनेक समस्याहरु भोग्ने गरेको बताउदै त्यसबारे जानकारी दिने यो पुस्तक खेलाडीहरुको लागि महत्वपूर्ण रहेको बताए । मन्त्री केसीले सम्भवत यो पुस्तक नै खेलाडी र खेलकर्मीको लागि दुवै माध्यम (अंगेजी र नेपाली) मा भएको पुस्तक रहेको बताए । यस्तै पुस्तक लेखनका अगुवा डा खड्काले पुस्तकले खेलाडी घाइते हुदा प्राथमिक उपचार, घाइते खेलाडीको सफल उपचार र खेलमा फर्कन सक्ने बनाउन सहयोग पुग्ने बताए ।
पुस्तकमा खेल खेल्दा लाग्ने चोटपटकबाट बच्ने उपाय, तिनको उपचार र घाइतेहरुको खेलमा पुनरागमनको लागि आवश्यक उपचार पद्दतिबारे चर्चा गरिएको छ । यस्तै पुस्तकमा खेलका क्रममा बढी आवश्यक पर्ने कुराहरु प्राथमिक उपचार, स्पोर्ट्स इन्जुरी, डाइट तथा न्युट्रिसियन, अभ्यास, ड्रग्स तथा डोपिङ र फिजियोथेरापी सम्बन्धि चर्चा गरिएको छ । पुस्तक विभिन्न क्षेत्रमा कार्यरत चिकिस्तकहरु डा. पदम बहादुर खड्का, डा चैतन्य अधिकारी, विजय काफ्ले, रबी राज बसौला, सरोज पाण्डे र सुस्मा क्षेत्रीले संयुक्त रुपमा लेखेका हुन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]