9 years ago
December 4, 2015
कान्जिरोवाले जीसीआई अन्तरकलेज फुटसल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । कान्जिरोवाले ह्वाइटहाउस इन्टरनेसनल कलेज ‘ए’ लाई ६–४ गोल अन्तरले पराजित गर्यो ।
ग्लोबल कलेज इन्टरनेसनल (जीसीआई) द्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा नेसनल कलेजले लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टलाई ११–३ तथा सिल्भर माउन्टेन इन्टरनेसनल कलेजले किङ्स कलेजलाई ८–५ ले हराए ।
प्रतियोगिताको फुटबलर नवीन न्यौपानेले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा विभिन्न १६ कलेजका १७ टिम सहभागी छन् । विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । फाइनल मंगलबार हुनेछ ।
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघको आयोजनामा अर्को महिना हुने नवौं पिएम कप एनभिए महिला पुरुष भलिबल लिगसँग शिवम् सिमेन्ट जोडिएको छ। लिगमा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ रुपमा जोडिएको भलिबल संघले जनाएको छ। शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवाल तथा भलिबल संघका महासचिव रोशन श्रेष्ठले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता रकम खुलाइएको छैन। […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]
May 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोली तथा विभागीय नेपाल पुलिस क्लबका मिडल ब्लकरद्धय सफल विश्वकर्मा र रविन नगरकोटीलाई उपचारको लागि जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल युथ स्पोर्ट्स क्लब जापानले पोखरामा यसै साता सम्पन्न प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिता दौरान घाइते भएका सफल र रविनलाई हौसला स्वरुप आर्थिक […]