8 years ago
September 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) पूर्व ओलम्पियन तथा भारोत्तोलन खेलमा नेपाललाई सर्वाधिक पदक दिलाउन सफल स्वर्गीय सुनिल सुनिलला जोशीको स्मृतिमा सुनिललाल जोशी स्मृति ‘स्ट्रोङगेष्ट’ भारोत्तोलन च्याम्पियनसिप हुने भएको छ ।
आयोजक काठमाडौं जिल्ला भारोत्तोलन संघले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको सुनिललाल जोशी स्मृति ‘स्ट्रोङगेष्ट’ भारोत्तोलन च्याम्पियनसिप यही भाद्र २८ र २९ गते दुई दिन हुने जानकारी गराएको हो । अन्तर्राष्ट्रिय भारोत्तोलन संघ र नेपाल भारोत्तोलन संघको निर्णय अनुसार हुने च्याम्पियनसिपमा तीन विभाग र १८ जिल्लाका गरी करिव ९० खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा कुल २७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सिनियर महिलातर्फ सात विधा ४८ केजी, ५३ केजी, ५८ केजी, ६३ केजी, ६९ केजी, ७५ केजी र ७५ केजीभन्दा माथि हुनेछ । यस्तै सिनियर पुरुषतर्फ ५६ केजी, ६२ केजी, ६९ केजी, ७७ केजी, ८५ केजी, ९४ केजी, १०५ केजी र १०५ केजी गरी आठ तौल विधामा प्रतिस्पर्धा हुनेछ । जुनियर महिला र पुरुषतर्फ समान ६–६ विधामा प्रतिस्पर्धा हुनेछ ।
स्ट्रोङगेष्ट महिला र पुरुषले समान ११ हजार नगदर पुरस्कार प्राप्त गर्नेछ । यस्तै सिनियर र जुनियर दुवै तर्फको विजेतालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । भने सिनियर र जुनियरका पुरुष र महिलाका वेष्ट लिफ्टरलाई नगदसहित पुरस्कृत गरिने आयोजले जनाएको छ । यस्तै राष्ट्रिय कीर्तिमान बनाउन सफल हुने पुरुष र महिला खेलाडीलाई नगदसहित तथा उदयमान खेलाडी ट्रफीसहित सम्मानित हुनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]