8 years ago
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – गोदावारी रनिङ फेष्टिबलको चौथो संस्करण अर्काे साता हुने भएको छ । ललितपुरको पर्यटकीय नगरी गोदावारीमा हुने चौथो संस्करणमा विभिन्न पाँच दौडहरु सार्वजनिक गरिएको छ ।
जसअन्र्तगत किड्स अब्स्ट्याकल रन, ५ किलोमिरट यति रन, सुन्टो १५ किलोमिटर टे«ल रन, सलोमोन ३० किलोमिटर ट्रेन रन र दि नर्थ फेस ५० किलोमिटर रहेका छन् । ५० किलोमिटर ट्रेल रेस गोदावरीबाट शुरु भएर बिशंखु नारायण, कोटडाडा, भन्ज्याङ, लाकुरी भन्ज्याङ, रानीकोट, पर्खाल चौर, खानीगाँउ, चापाखर्क, फुल्चोकी, लेले भन्ज्याङ र बढिखेल भन्ज्याङहुदै गोदावरीमा आएर टुंगिनेछ । ३० किलोमिटर ट्रेल रेस गोदावरबिाट शुरु भएर चापाखर्कबाट गोदावरी पुगेर टुंगिनेछ ।
प्रतियोगितामा सहभागिताको लागि यसपटक जुम्लाको कर्णाली स्पोर्टस् क्लबबाट चार महिला खेलाडी र सिन्धुपाल्चोकबाट पनि खेलाडी डाकिएको आयोजकले जनाएको छ । प्रतियोगितामा यसपटक सबै विधाा गरेर ६ सय भन्दा बढी धावकले सहभागिता जनाउने आयोजकले जनाएको छ । रनिङफेष्टिबलबाट उठेको रकम सेन्ट जेभियर स्कुलको छात्रावृत्तिमा जम्मा गरिने आयोजकले जनाएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]