9 years ago
November 27, 2015
काठमाडौं मंसिर ११ गते ।
थाइल्यान्डको बैंककमा जारी सातौं विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालका रुजेश शाहीले शुक्रबार रजत पदक जितेका छन् ।
रुजेशले प्रतिस्पर्धा गरेको पुरुषको ५५ केजी तौलसमूहमा ९ राष्ट्रका खेलाडीले सहभागिता जनाएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् । त्यसमा भारत पहिलो र चीन तेश्रो भयो ।
नेपाली शारीरिक सुगठनको इतिहासमा यो अहिलैसम्मकै ठूलो उपलब्धि हो । यसअघि भारतमा भएको दोश्रो संस्करणमा श्याम श्रेष्ठले कांस्य जितेका थिए ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]