9 years ago
November 23, 2015
सातौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ११ सदस्यीय नेपाली टोली मंगलबार थाइल्यान्डको बैंकक जाने भएको छ ।
शारीरिक सुगठनको पुरुष ५५ केजीमा रुजेश शाही, ६० केजीमा रामहरि खनाल र ६५ केजीमा महेश महर्जनले भाग लिने छन् । स्पोर्ट्स फिजिकको पुरुषमा विमललाल श्रेष्ठ र महिलामा निर्मला खड्का सहभागी हुने छन् । विमल गत संस्करणको स्पोर्ट्स फिजिकका रजतधारी हुन् । महिलाको स्पोर्ट्स फिजिकमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो ।
टोली नेतामा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, निर्णायकमा विजय कायश्थ र सुनील राजकर्णिकार, प्रशिक्षकमा ज्ञानेन्द्र नकर्मी तथा अफिसियलमा रेनुका श्रेष्ठ रहेका छन् । अन्तर्राष्ट्रिय निर्णायकको सर्टिफिकेसनका लागि शंकरमान उदास पनि टोलीसंगै जाने छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले कालीमाटीस्थित डिभाइन फिजिकल फिट्नेस सेन्टरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन गरिएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी दिपक विष्ट, विष्णु बहादुर सिंह लगायत १५ जना ओलम्पियनहरुले बुधवार संयुक्त रुपमा पुस्तकको विमोचन गरे। राखेपले ओलम्पिकमा नेपाल सहभागी भएको सन् १९६४ देखि देखि २०२४ सम्मको इतिहास […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघको आयोजनामा अर्को महिना हुने नवौं पिएम कप एनभिए महिला पुरुष भलिबल लिगसँग शिवम् सिमेन्ट जोडिएको छ। लिगमा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ रुपमा जोडिएको भलिबल संघले जनाएको छ। शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवाल तथा भलिबल संघका महासचिव रोशन श्रेष्ठले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता रकम खुलाइएको छैन। […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]