8 years ago
August 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– ललितपुर बेसबल एण्ड सफ्टबल क्लब (एलबिएससी) विगत एक वर्षयता स्थानिय स्तरमा सिमित रहेर बेसबल र सफ्टबल खेलको प्रवद्र्धनमा जुटेको छ । पाटनढोका नजिकको पाटन बहुमुखी क्याम्पसको मैदानमा टोलीले प्रत्येक शनिबार प्रशिक्षण गर्दै आएको छ ।
टोलीले बेला बेलामा मैत्रीपूर्ण खेल पनि खेल्दै आएको छ । पाटनमा प्रशिक्षण गर्ने टोलीले मैत्रीपूर्ण खेलको लागि भने मलपोखरीको खुला चौर प्रयोग गर्दै आएको छ । यद्दपी पाटन क्याम्पस र मलपोखरीको चौर दुवै बेसबल या सफ्टबलको लागि बनाइएका हैनन् । क्लब आफैंले खुला चौरमा बेसबल र सफ्टबल खेलिने डायमण्डको आकृति बनाएर प्रशिक्षण एवं खेल्दै आएको छ ।
एलबिएससीका अध्यक्ष बिपिन बज्राचार्यले नेपालमा बेसबल र सफ्टबल खासै परिचित खेल भइ नसकेकोले स्थानिय स्तरमा सुरुवात गरेको बताए । ‘हामीले नेपाल बेसबल र सफ्टबल संघको स्थापना गरेको ६ वर्ष पुग्न लागिसक्यो । तर हाम्रो देशमा यो खेलका बारेमा थेरैलाई जानकारी छैन । त्यसैले स्थानिय स्तरबाट सुरुआत गर्नुपर्छ भन्ने सोच्यौं,’ नेपाल बेसबल र सफ्टबल संघका सचिव समेत रहेका उनले भने,‘बेसबलभन्दा सफ्टबल केहि सहज हुने भएकाले हामी अहिले त्यसमै केन्द्रित छौं । क्लबको मुख्य लक्ष्य भनेको यसको विस्तार गर्नु हो ।’
बेसबल र सफ्टबल खेलका प्रवद्र्धनका लागि जापानिज दूतावास र जाइकाले पनि सहयोग गरिरहेको छ । जाइकामार्फत सफ्टबल प्रशिक्षक हिरोमी मिउरालाई २ वर्षका लागि बेसबल र सफ्टबल प्रशिक्षणका लागि खटाइएको छ । मिउराले एलबीएससीसँगै उपत्यकामा रहेका अन्य ३ क्लबलाई पनि प्रशिक्षण दिंदै आएकी छिन् । उनले एलबीएससीसँगै सशस्त्र प्रहरी बल, नेपाल आर्मी र भक्तपुरस्थित गोर्खा क्रु नामक क्लबलाई प्रशिक्षण दिंदै आएकी छिन् ।
एलबीएससीका अध्यक्ष बज्राचार्यका अनुसार क्लबको तत्कालिन लक्ष्य भनेको वार्षिक रुपमा प्रतियोगितामा सहभागिता जनाउने रहेको छ । ुसंघले प्रत्यक वर्ष राष्ट्रिय प्रतियोगिता र यू १५ च्याम्पियनसिप गर्दै आएको छ । उनले भने,‘ हामीले राष्ट्रिय प्रतियोगिता खेलेर क्लबलाई अझै अगाडी बढाउने लक्ष्य राखेका छौँ । राष्ट्रिय टोलीको छनोट पनि त्यहि प्रतियोगितामा गर्ने प्रदर्शनका आधारमा हुने भएकाले क्लबका खेलाडीलाई थप प्रशिक्षणमा राख्ने योजनामा छौं ।’
एलबिएससीका खेलाडी मध्यका एक बिक्सन ताम्राकारले क्रिकेटसँग मिल्दोजुल्दो खेल भएकाले थोरै सहज हुने बताए । तर क्रिकेटभन्दा नियम फरक त्यस्तै अप्ठेरो रहेको उनको बुझाई छ । ‘क्रिकेट खेल्नेका लागि बेसबल सुरुमा केही सजिलै भयो । तर फेरी क्रिकेट खेल्दा निकै अप्ठेरो हुने रहेका,’ उनले भने,‘बेसबलमा प्रहार गर्ने हुने स्विङले क्रिकेट खेल्न गाह्रो हुने र बेसबलमा सिकेको नि बिर्सने भयो। त्यसैले क्रिकेट छाडेर बेसबल मात्र खेल्न थालेको छु ।’
बिक्सनसँगै नेपालको घरेलु क्रिकेटमा नाम बसाइसकेका प्रसन्न शाक्य पनि बेसबल मै आबद्ध भएका छन् । अध्यक्ष बज्राचार्यले आउने दिनमा एलबिएससीले सिनियर टोलीसँगै युवा खेलाडीहरुलाई पनि यसमा सहभागी गराउने लक्ष्य राखेका छन् । तर खेलको विकासका लागि सरकारी र नीजिस्तरबाट सहयोग हुनु पर्नेमा जोड दिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]