default_image

8 years ago

July 30, 2017

साग आयोजना सबै भन्दा चुनौतिपूर्ण – मन्त्री केसी

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना ठूलो चुनौती रहेको उल्लेख गर्दै बजेटका कारण खेलकुद विकासका असर नपर्न प्रतिबद्धता जनाएका छन् । नेपालले सन् २०१९ मा साग आयोजनाको जिम्मेवारी पाएपनि भौतिक पूर्वाधार निर्माणको काम ठोस रुपमा सुरु हुन सकेको छैन ।


सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार आफुलाई बधाइ तथा स्वागत गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले २४ दिन भित्र खेलकुदमा परिवर्तनको अनुभूति गराउने उद्घोष गरे । । हिन्दी फिल्म नायकमा मुख्य मन्त्रीले २४ घन्टामा सुधारका काम गरेको प्रंसग उल्लेख गर्दै मन्त्री केसीले भने, ‘म ५ महिना, ९ महिना भन्दिन । २४ दिनमै खेलकुदमा परिवर्तनको अनुभूति गराउने गरी काम गर्नेछु ।’

मन्त्री केसीले कार्यक्रम, क्यालेन्डर र नीति÷तिथि अनुसार कार्यक्रम प्रस्तुत गरे बजेट ल्याउन आफू पहल गर्न तयार रहेको बताए । उनले लोकतन्त्रमा लोकतान्त्रिक पद्धति अनुसार खेल संघको विवाद समाधान गर्ने बताउदै दलगत स्वार्थ भन्दा माथि उठेर काम गर्ने उल्लेख गरे । उनले कसैलाई पनि विभेदको अनुभूति हुन नदिने पनि स्पष्ट पारे ।

राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाले मन्त्रीको कार्यकाललाई सफल बनाउन सिंगो परिषद् एक ढिक्का भएर सहयोग गर्ने बताउदै कार्यकाल सफलताका लागि शुभकामना दिए । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले फरक पार्टीको मन्त्री भएकै कारण खेलकुदमा विवाद आउन नदिने बताउदै सबैको पहलले मात्र खेलकुदको समस्या हल हुने बताए ।

उनले आफ्नो दुई वर्षे कार्यकालमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक पदक जितेको, सर्वाधिक प्रतियोगिता भएको, सबै भन्दा बढी भौतिक पूर्वाधार निर्माण भएको, खेलाडीले सुविधा पाएको दाबी गर्दै त्यसको पुस्तक चाँडै सार्वजनिक गर्ने जानकारी गराए ।
राखेपका अध्यक्ष समेत रहेका मन्त्री केसीलाई सदस्य–सचिव विष्टले माया चिनो प्रदान गरे । सोही अवसरमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले पनि मन्त्री केसीलाई मायाको चिनो प्रदान गरे ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.