default_image

8 years ago

July 26, 2017

पदकको सम्भावना भएको खेललाई प्राथमिकता दिनुपर्दछ –मन्त्री केसी

142 views

0 Bookmark

काठमाडौंं (हाम्रो खेलकुद)– नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलकुदमा भ्रष्टचार र अनियमितता हुन नदिने बताएका छन् ।

मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा नवनियुक्त खेलकुद मन्त्री राजन केसी । साथमा मन्त्रालयका सचिव महेशप्रसाद दहाल ।

शितल निवासमा शपथपछि सिंहदरबारस्थित मन्त्रालयमा बुधबार नै पद बहाली गर्दै मन्त्री केसीले भने, ‘आफू मातहतको निकायमा भ्रष्टचार र अनियमितत हुन दिन्न । म पनि लेखा समितिमा काम गर्दै आएको छु । खेलकुदका अनियमितताका विषयमा मलाई पनि थाहा छ । पार्टीमा म निस्कलंक र इमानदार कार्यकर्ताका रुपमा स्थापित छु । त्यसैले मलाई पार्टीले जिम्मेवारी दिएको हो । आफ्नो जिम्मेवारीलाई पूरा गर्न प्रतिबद्ध भएर अगाडि बढ्ने छु ।’

उनले नेपालको भुगोल सुहाउँदो र पदकको सम्भावना भएको खेललाई प्राथमिक दिनु पर्नेमा जोड दिदै नेपाल सरकारको ध्यान मन्त्रालयमा केन्द्रित गर्ने गरी काम गर्ने वचन दिए । उनले मुलुकलाई समृद्ध बनाउन युवालाई उत्पादनमुलक काममा सहि ढंगले परिचालन गर्न आवश्यक रहेको बताउदै खेलकुद अन्तर्राष्ट्रिय जगतमा मुलुकको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताए ।

दोश्रो संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. १० बाट निर्वाचित ५९ वर्षीय चौभार निवासी केसी राजनीतिक जीवनमा पहिलो पटक मन्त्री बनेका हुन् । उनले दोस्रो संविधान सभामा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई हराएपछि चर्चामा आएका थिए ।

मन्त्रालयका सचिव महेशप्रसाद दहालले मन्त्रालयअन्तर्गतका निकायका काम÷कर्तब्य बारे मन्त्री केसीलाई जानकारी गराउने क्रममा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मुख्य चुनौती पूर्वाधार भएको बताए ।

मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा नवनियुक्त खेलकुद मन्त्री राजन केसी ।

 

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.