8 years ago
July 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौंका सांसद राजेन्द्रकुमार (राजन) केसी युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक आफ्नो मन्त्री मण्डल विस्तार गर्दा केसीले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
२०७० को दोस्रो संविधान सभामा काठमाडौं १० नम्बर क्षेत्रबाट नेकपा माओवादीका अध्यक्ष समेत रहेको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हराएपछि नेपाली कांग्रेसका केसी चर्चामा आएका थिए ।
सपथपछि मन्त्री केसीले आजै सिंहदबारस्थित मन्त्रालयमा गइ पदभार ग्रहण गरे । उनलाई मन्त्रालयका सचिव महेशप्रसाद दाहाललगायतले स्वागत गरेका थिए । युवा तथा खेलकुद मन्त्री राष्ट्रिय खेलकुद परिषद् (राखेप)को अध्यक्ष रहने व्यवस्था छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]