8 years ago
July 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपालका कमला श्रेष्ठ र सन्जु चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। दुवै खेलाडीले स्न्याच, क्लिन एण्ड जर्क र कुल गरेर ६ राष्ट्रिय कीर्तिमान भंग गरेका हुन्।
लगनखेलस्थित आर्मी शारीरिक तथा तालिम केन्द्रमा भएको महिला ५८ केजीमुनि कमलाले स्न्याच र क्लिन एण्ड जर्कमा कुल १५२ केजी भार उठाउदै आफ्नै कीर्तिमानलाई भंग गरेकी हुन् । उनले स्न्याच, क्लिन एण्ड जर्क र कुल सबैमा नयाँ कीर्तिमान कायम गरिन्। कमलाले स्न्याचमा ६७ र क्लिन एण्ड जर्कमा ८५ केजी भार उचालेकी थिईन् । कमलाले यसअघि गत माघमा पूर्वाञ्चलमा भएको सातौ राष्ट्रिय खेलकुदमा स्न्याच र क्लिन एण्ड जर्कमा गरेर कुल १४५ केजी भार उठाएर कीर्तिमान बनाएकी थिईन् । त्यसबेला कमलाले स्न्याचमा ६६ र क्लिन एण्ड जर्कमा ७९ केजी भार उठाएकी थिईन् ।
यस्तै ५३ केजीमा सन्जु चौधरीले सातौ राष्ट्रिय खेलकुदमा देवी चौधरीले बनाएको राष्ट्रिय कीर्तिमान भंग गरिन् । सन्जुले स्नयाचमा ६० केजी तौल र क्लिन एण्ड जर्कमा ८० केजी भार उठाउदै कुल १४० केजी भार उठाउदै नयाँ कीर्तिमान बनाएकी हुन् । देवीले सातौ राष्ट्रिय खेलकुदमा स्न्याचमा ५९ केजी तथा किल्न एण्ड जर्कमा ७९ केजी गरी १३८ केजी भार उठाएकी थिईन् । उनले पनि कमलजस्तै तिनै विधाको कीर्तिमान तोडेकी हुन्।
यस्तै महिला जुनियरतर्फको ५३ केजी तौल समूहमा कविता चौधरीले स्न्याचमा ४१ केजी र क्लिन एण्ड जर्कमा ५० केजी गरी कुल ९१ केजी भार उठाईन् । टिकामाया गुरुङले स्न्याचमा ४५ तथा क्लिन एण्ड जर्कमा ५५ गरी कुल १०० केजी भार उठाईन् ।
युथ र जुनियरको पुरुष र महिलामा समान ८–८ गरी जम्मा ३२ तौलसमूहमा प्रतिस्पर्धा भैरहेको छ । प्रतियोगिता साउन १३ गतेसम्म चल्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]