default_image

8 years ago

July 20, 2017

स्केटिङ महासंघको निम्तोमा अध्यक्ष पौडेल अमेरिका जाँदै

137 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय स्केटिङ महासंघको निमन्त्रणमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति (क्षेखेविस) का अध्यक्ष खगराज पौडेल शनिबार अमेरिका जाने भएका छन् । लस एन्जल्समा साउन १० गते हुने महासंघको सम्मेलनमा आफुले भाग लिने पौडेलले हाम्रो खेलकुद डट कमलाई जनाएका छन् ।

पोखरामा स्टेटिङ र्याम्प निर्माण प्रक्रियामा पौडेलको महासंघसँग सम्पर्क स्थापित भएपछि अहिले उनलाई सम्मेलनमा भाग लिन बोलाएको बताइएको छ । पश्चिमाञ्चल क्षेखेविसले दिएको साढे २ रोपनी जग्गामा महासंघबाट खटिआएका टोलीले पोखरा रंगशालामा स्टेटिङ र्याम्प निर्माण गरि दुई महिनाअघि हस्तान्तरण गरेको थियो ।

जोन साकोजिचको नेतृत्वमा पोखरा आएको ८५ जनाको टोलीले २६ दिनमा र्याम्प निर्माण कार्य सम्पन्न गरेको थियो । निर्माणको सम्पूर्ण खर्च महासंघले नै बेहोरेको थियो । अध्यक्ष पौडेलका अनुसार अहिले ¥याममा दैनिक डेढदेखि २ सय जना सम्मले अभ्यास गरिरहेका छन् ।

जिल्ला खेलाडी संघ कास्कीले पौडेललाई बिहीबार विदाई गरेको थियो । पौडेलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई केन्द्रित गर्दै भएका विकास निर्माणका पुर्वाधार निर्माण अन्तराष्ट्रिय मापदण्डका आधारमा हुने बताए । उनले पोखरा रंगशालामा हुने निर्माण कार्यका केही खेलका पूर्वाधार निर्माण कार्यमा नीजि संस्थाको पनि संलग्नता रहने बताए ।

‘राज्यको मात्र मुख ताकेर पूर्वाधार बन्दैन । निजी क्षेत्रको पनि सहभागिता आवश्यक पर्दछ,’ पौडेलले भने,‘ पोखराको पर्यटन क्षेत्रलाई माथी उठाउन पनि खेलकुद पर्यटन विकासमा सबै जुट्नुपर्दछ ।’

अध्यक्ष खगराज पौडेललाई विदाई गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम गुरुङ (बायाँ)।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले खेलकुद विकासमा लागि परेको अभियान्तालाई अन्तराष्ट्रिय क्षेत्र बाट निमन्त्रणा प्राप्त हुनु सुखद रहेको उल्लेख गर्दै नेपाली खेलकुदका बारेमा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार गर्न यो उपयुक्त माध्यम हुने बताए ।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष याम गुरुङ, कार्यालय प्रमुख प्रकाश बराल लगायतले पौडेललाई शुभकामना दिए ।

 विदाईमा खेलाडी, प्रशिक्षक र अन्य खेलकर्मीको उपस्थिति थियो । पौडेलले तीन सातापछि स्वदेश फर्कने जानकारी दिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.