8 years ago
July 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– यसै साता जर्मनीको लिपिजमा सुरु हुने विश्व फेन्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी प्रतिस्पर्धा गर्ने भएकी छिन् । फेन्सिङ खेलाडी रमा सिंहले भाग लिने नेपाल फेन्सिङले जनाएको छ ।
मंगलबारदेखि साउन ११ गतेसम्म चल्ने प्रतियोगितामा उनले फोयल इभेन्टमा प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्ट र कीर्तिपुर नगरपालिका मेयर एवंम् नेपाल जुडो संघका उपाध्यक्ष रमेश मर्हजनले खेलाडी र अफिसियललाई बिदाई गरे ।
संघकी सचिव हेल्गा रायमाझी राणा अफिसियलका रुपमा च्याम्पियनसिपमा भाग लिनेछन् । टोलीसँगै संघका अध्यक्ष सुनिल श्रेष्ठ पनि सोमबार त्यसतर्फ जानेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]