default_image

8 years ago

July 14, 2017

पोखरामा पहिलो पटक नेट बल प्रशिक्षण सुरु

101 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– पोखरामा पहिलो पटक नेट बल भित्रिएको छ । नेपाल नेट बल संघले पश्चिमाञ्चल क्षेत्रलाई केन्द्रित गर्दै यो खेलको विस्तार गर्न पोखरामा प्रशिक्षण प्रारम्भ गरेको हो । विशेष गरि महिलाहरुलाई केन्द्रित गरि सुरु गरिएको नेट बल खेल प्रशिक्षणमा ४० जनाको सहभागिता रहेको छ ।

प्रशिक्षणको उद्घाटनमा वोल्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका उपाध्यक्ष सुनिल गुरुङले नेट बलको खेलले यस क्षेत्रका महिलाहरुको शसक्तिकरणमा राम्रो भुमिका खेल्न सक्ने बताए । उनले शारिरिक स्वस्थका साथै खेलकुदमा महिलाहरुको सहभागिता वढाउन यस खेलले योगदान दिने बताए ।

नेपाल नेट वल संघका अध्यक्ष विर वहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव दिपक लामाले पोखरामा नेट बलको प्रशिक्षण चार दिन सम्म चल्ने जानकारी दिए । सन् १८०० मा अमेरिका बाट सुरु भएको नेट बल अधिंकाश देशहरुमा खेल्ने गरिन्छ सन् १९९५ मा ओलोम्पिकले मान्यता दिएको हो । नेपालमा ६ वर्ष अघि भित्रिएको नेटबल खेल राजधानी केन्द्रित रहे पनि अब यसलाई नेपालभर खेल्नका लागि प्रशिक्षकहरुलाइ प्रशिक्षित गराउन सुरु गरिएको महासचिव लामाले वताए ।
१ सय फिट लम्बाई र ५० फिट चौडाई रहेको खेल मैदान खेल्न सकिने यो खेल इनडोर गेम हो भने यसमा ७/७ जना खेलाडी खेल्न सक्ने छन् । विशेष गरि महिलाहरुको लागि भनिएको यो खेल अहिले पुरुषहरु समेतको सहभागिता रहने गरेको लामाले बताए । उनका अनुसार नेपालले सन् २०१२ र २०१३ को एशियन नेट बल च्याम्पियनसिपमा सहभागिता जनाइसकेको छ ।

हाल नेपालमा यो खेलका ४० जना प्रशिक्षकहरु रहेका छन् भने खेल विस्तारका लागि विद्यालय केन्द्रित गरिएको छ । पोखरामा साउन २ गते सम्म संचालन हुने प्रशिक्षणमा अष्ट्रेलियन प्रशिक्षक स्टेफेनी एन्डरशनले समेत प्रशिक्षण दिने बताइएको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.