default_image

10 years ago

November 7, 2015

ट्रायथलोनमा रुद्र राष्ट्रिय च्याम्पियन

197 views

0 Bookmark

सातौ राष्टिय खेलकुद प्रतियोगिता अन्तरगत भएको चौथौ राष्टिय टाइयाथलन च्याम्पियनसिपमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले ४ स्वर्ण, ३ रजत र २ कास्य सहित आधिपत्य जमाएको छ ।

IMG_0971कास्कीको वेगनास तालमा भएको प्रतियोगिताको टाइयाथनल अन्तरगतको स्टानडर्ड तर्फ सेनाका रुद्र कटुवालले १५ सय मिटर पौडी, ४० किमि साईक्लिड र १० किमि दौड २ धन्टा २९ मिनट ०६ सेकेन्डका साथ स्वर्ण पदक प्राप्त गरे । दोश्रो स्थानमा सेनाका टिका राम थापा रहे भने तेश्रो स्थानमा सशस्त्रका रमेश कुमार दर्लामी भए ।

टाईयाथलनकै स्प्रिन्ट तर्फ सेनाका बशन्त थारुले ७५० मिटर पौडी, २० किमि साईक्लिड र ५ किमिको दौड १ घन्टा १५ मिनट र २८ सेकेन्डका साथ पुरा गर्दै स्वर्णलाई आफ्नो खल्तिमा हाले । दोश्रो स्थानमा सेनाका हिमाल टमाटा र तेश्रो स्थानमा सशस्त्रका आशनारायण चौधरी रहे ।

महिला तर्फको स्प्रिन्ट तर्फ सेनाकी केशरी थापामगर १ घन्टा ३९ मिनट र १० सेकेन्डका साथ प्रथम हुंदै आफ्ना प्रतिद्धन्दिलाई पछि पार्न सफल भईन् । मध्यमाञ्चलकी रोजा के.सी. द्वितिय र सेनाकी याम कुमारी घले तृतीय भईन् ।

keshari Thapa Manga

५ कि.मि. दौड २० किमि साईक्लिड र २.५ किमि दौडको दुवाथलनको उपाधी पुरुष तर्फ सेनाका मानबहादुर थापामगर र महिला तर्फ मध्यपश्चिमकी हुमी बुढाथोकीले हात पारे । थापामगरले उक्त दूरी १ घन्टा १२ मिनट र १३ सेकेन्डमा पुरा गरे भने हुमीले १ घन्टा ३८ मिनट र २९ सेकेन्डमा पुरा गरिन् । पुरुष तर्फ सशस्त्रका लक्ष्मण मल्ल ठकुरी र किरण कुमार मल्ल दोश्रो र तेश्रो भए । महिला तर्फ सेनाका मन्जुकुमारी खड्का र पुष्पा कुमारी भन्डारी दोश्रो र तेश्रो भए ।

विजयी खेलाडीहरुलाई राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण समारोहमा राखेपका सदस्यहरु विरेन्द्र श्रेष्ठ, फत्त गुरड र उपेन्द्र पौडेल, परिषका सल्लाहकार सालिकराम खड्का, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र कार्यालय प्रमुख लव श्रेष्ठ, मध्यमाञ्चल खेलकुद विकास समितिका सदस्य उमेश केसी, सोलु खेलकुद विकास समितिका अध्यक्ष डिबि सारुको उपस्थिती रहेको थियो ।

Roza kc

प्रतियोगितामा ५ विकास क्षेत्र, विभगिय टिम नेपाली सेना र सशस्त्रका महिला र पुरुष गरि ४० जनाको सहभागिता रहेको थियो । यो प्रतियोगिता १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको छनोट प्रतियोगिता समेत रहेको छ|

May 14, 2025

ओलम्पिकमा नेपालको विमोचन

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन गरिएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी दिपक विष्ट, विष्णु बहादुर सिंह लगायत १५ जना ओलम्पियनहरुले बुधवार संयुक्त रुपमा पुस्तकको विमोचन गरे। राखेपले ओलम्पिकमा नेपाल सहभागी भएको सन् १९६४ देखि देखि २०२४ सम्मको इतिहास […]

May 13, 2025

पिएम कप एनभिए भलिबल लिगमा शिवम् सिमेन्टको साथ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघको आयोजनामा अर्को महिना हुने नवौं पिएम कप एनभिए महिला पुरुष भलिबल लिगसँग शिवम् सिमेन्ट जोडिएको छ। लिगमा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ रुपमा जोडिएको भलिबल संघले जनाएको छ।  शिवम् सिमेन्टका  सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवाल तथा भलिबल संघका महासचिव रोशन श्रेष्ठले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता रकम खुलाइएको छैन। […]

May 11, 2025

अस्ट्रेलियामा पूर्व कराते खेलाडीको एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]

Success

Thank you for your time.