8 years ago
June 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी लक्ष्मी मगरले श्रीलंकामा माउन्टेन बाइक स्टेज रेसको महिलातर्फको उपाधि जितेकी छिन् । दी याक एट्या फिल इभान्सको आयोजना तथा श्रीलंका एयरलायन्सको प्रायोजनमा भएको श्रीलंका होलिडेज रम्बल इन द जंगल २०१७ मा लक्ष्मी पहिलो भएकी हुन् ।
२ सय ७२ किलोमिटरको ४ दिने रेस २० घन्टा २० मिनट १८ सेकेन्डमा पुरा गर्दै उनी पहिलो भएकी थिइन् । रेसको कोर्स जंगल, उवडखावड, चिया बगान, ओरालो भिरालो, नदि, झरना आदि विभिन्न प्राकृतिक बातावरणीय कठिनाई रहेको लक्ष्मीले बताइन् ।
रेस जेठ ३० देखि असार ३ गते सम्म सञ्चालन भएको थियो । अस्ट्रेलियाकी तानिया थाइरोन २१ घन्टा ३९ मिनट ११ सेकेन्डका साथ दोश्रो र फ्रान्सकी क्लेयर डरमारक्वेट २२ घन्टा ५३ मिनट ०४ सेकेन्डका साथ तेश्रो भएकी थिइन् ।समग्रमा भने लक्ष्मी १३ औं भएको थिइन् ।
लक्ष्मीले कुल १२ सय १० अमेरिकी डलर प्राप्त गरेकी थिइन् । लक्ष्मीका अनुसार विजेता बने वापत १ हजार, पहिलो स्टेजको ७५ डलर, दोस्रो स्टेजको ३०, तेस्रोको ७५ र चौथो स्टेजको ३० अमेरिकी डलर प्राप्त गरेकी थिइन् ।
पुरुषतर्फ रेसमा दाबेदार मानिएका अजय पण्डित क्षेत्रीले भने रेसको पहिलो स्टेजमै छोडेका थिए । रेसका दौरान टाउको दुखेपछि अजय ४२ किलोमिटरपछि उनले रेस त्यागेका थिए ।
पुरुषमा क्यानडाका कोरी कालेस (१३ घन्टा ८ मिनेट ४५ सेकेन्ड), विजयी भएका थिए । बेलायतका निक क्रेग (१३ घन्टा २४ मिनेट ३४ सेकेन्ड ) दोस्रो र एकलेक सैन्डर गिल्हर (१३ घन्टा ५० मिनेट ५० सेकेन्ड) तेस्रा भएका थिए । प्रतियोगितामा १४ देशका ३८ जनाले प्रतिस्पर्धा गरेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]