default_image

8 years ago

May 23, 2017

मोटो जिपीका पूर्व च्याम्पियन हेडेनको निधन

86 views

0 Bookmark

सिसेना, इटाली(एजेन्सी)– मोटो जिपीका पूर्व विश्व च्याम्पियन निकी हेडेनको ३५ वर्षको उमेरमा निधन भएको छ । प्रशिक्षणको क्रममा कारको ठक्करले घाइते भएका हेडेनको उपचारको क्रममा मौरिजियो बुफालिनी अस्पतालमा मृत्यु भएको हो ।

Heden

रेड बुल होन्डा टोलीका लागि रेस गर्ने हेडेनलाई इटालीमा प्रशिक्षणका क्रममा साइकल चलाइरहेको अवस्थामा कारले ठक्कर दिएको थियो । उनी मे १७ मा अस्पताल भर्ना भएका थिए । मौरिजियो बुफालिनी अस्पतालले प्रेस विज्ञप्तीमार्फत उनको निधनको खबर सार्वजनिक गरेको हो ।

३५ वर्षीय हेडेन अमेरिकी नागरिक हुन् । उनले २००६ मा मोटो जीपी च्याम्पियनसिप जितेका थिए ।

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.