default_image

8 years ago

April 28, 2017

पोखरामा दक्षिण एसियाली ट्रायथोलन भोली हुने

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पोखरामा शनिबार आयोजना हुने पाँचौं दक्षिण एसियाली ट्रायथोलन च्याम्पियनसिपको सबै तयारी पुरा भएको नेपाल ट्रायथोलन संघले जनाएको छ । दक्षिण एसियाली सँगै राष्ट्रिय च्याम्पियनसिप पनि आयोजना हुने संघका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

Trial

दक्षिण एसियाली च्याम्पियनसिपमा भाग लिन स्वेदशी, भारत र बंगलादेशबाट समान ३ खेलाडी पोखरा पुगिसकेका छन् । च्याम्पियनिसिपमा डुवाथोलन र जुनियर च्याम्पियनसिप पनि हुने बताइएको छ । सबै खाले च्याम्पियनसिपमा गरि ६० बढी खेलाडीको सहभागिता रहने दक्षिण एसियाली ट्रायथोलन संघका अध्यक्ष समेत रहेका श्रेष्ठले जानकारी दिए ।

ट्रायथोलनमा ७ सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड रहेको छ । त्यस्तै डुवाथोलन ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र २.५ किलोमिटर दौड राखिएको बताइएको छ । बेगनासतालको बसुन्धरा पार्कबाट सुरु हुने ट्रायथोलन बहारी गौरिघाट र त्यसपछि लेकसाइडमा पुरा हुने बताएको छ ।

नेपाली खेलाडीलाई एक्सपोजर र दक्षिण एसियाली राष्ट्रमा ट्रायथोलनको विकासका लागि पछिल्लो पाँच बर्षदेखि नियमित प्रतियोगिता आयोजना गरिएको महासचिव श्रेष्ठले बताए । च्याम्प्यिनसिपका लागि झन्डै १२ लाख रुपैयाँ खर्च हुने र त्यसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट पर्वतिय खेलकुदमार्फत ६ लाख ५० हजार रुपैयाँ प्राप्त हुने श्रेष्ठले बताए । च्याम्पियनसिपमा भाग लिने सबै तयारी गर्दा गर्दै अन्तिममा हवाइ टिकट नमिलेका कारण अफगानिस्तानका खेलाडीको भने सहभागिता नहुने भएको छ । ‘लामो प्रक्रिया पुरा गरेर खेलाडीलाई अफगानिस्तानका खेलाडीलाई भिसा दिलाउन सफल भयौं’ महासचिव श्रेष्ठले भने, ‘तर अन्तम टिकट नमिलेर उनीहरु आउन सकेनन् ।’ अन्य दक्षिण एसियाली राष्ट्रलाई पनि सहभागिताका लागि पत्राचार गरिएपनि सहभागिता नभएको श्रेष्ठले बताए ।

शनिबारको च्याम्पियनसिपमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेताद्वय भारतीय खेलाडी दीलिप कुमार र पल्लभी रतिवाल पोखरा पुगिसकेको छन् । भारतबाट अर्का एक पुरुष १२ औं सागमा कास्य पदक जित्न सफल नेपाली खेलाडी रोजा के.सी. तथा टिम ईभेन्ट्समा दोश्रो रजत पदक विजेता नेपाली टोलीका खेलाडीले पनि च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । संघका अनुसार च्याम्पियनसिपको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले गर्नेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.