9 years ago
October 9, 2015
काठमाडौं, असोज २२ गते ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सातौं राष्ट्रिय खेलकुद– २०७२ को पहिलो प्रतियोगिताका रुपमा १५ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
प्रतियोगितामा विभिन्न २५ जिल्ला र त्रिभूवन आर्मी क्लबका जम्मा ६७ पुरुष खेलाडीले विभिन्न ७ तौलसमूहमा प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो दिन प्रिजजिङ राउन्ड सम्पन्न भयो । प्रत्येक तौलसमूहबाट ५ का दरले ३५ खेलाडीले फाइनल यात्रा गरेका छन् । फाइनल शनिबार हुनेछ ।
५५ केजीमा झापाका छत्रबहादुर श्रेष्ठ, कास्कीका सुरेश गुरुङ, काठमाडौंका रवि महर्जन, काभ्रेका उमेश बलामी र ललितपुरका नमराज लुइटेल फाइनलमा पुगे । ६० केजीमा भक्तपुरका कृष्णबहादुर श्रेष्ठ, कपिलवस्तुका सन्जिवकुमार श्रेष्ठ, ललितपुरका रुजेश शाही, मोरङका रमेश कार्की र रुपन्देहीका सुनील आले फाइनलमा प्रवेश गरे । ६५ केजीमा भक्तपुरका गंगाराम गोरखाली, झापाका रामबहादुर दाहाल, काठमाडौंका अनिललाल श्रेष्ठ, मोरङका विकास धिमाल र आर्मीका दीपध्वज ठकुरी उपाधि होडमा सामेल भएका छन् ।
७० केजीमा भक्तपुरका उज्ज्वलरत्न वज्राचार्य, काठमाडौंका कर्णिक शाक्य, काभ्रेका रामहरि खनाल, खोताङका देवराज पराजुली र रुपन्देहीका चन्द्रमान श्रेष्ठले फाइनल यात्रा पक्का गरे । ७५ केजीमा बाँकेका दीपेन्द्रबहादुर खत्री, चितवनका नवीनकुमार गुरुङ, दोलखाका सुवर्ण खड्का, काठमाडौंका महेश्वर महर्जन र रुपन्देहीका विजेन्द्रमान श्रेष्ठबीच उपाधि भिडन्त हुने भएको छ ।
भक्तपुरका प्रवेश श्रेष्ठ, काठमाडौंका नरेश मालाकार, ललितपुरका अमर डंगोल, रुपन्देहीका अनिल थापा र सुनसरीका पारस भुजेल ८० केजीको फाइनलमा पुगे । ८० केजीमाथि चितवनका अनिलकुमार थापा, झापाका तुल श्रेष्ठ, काठमाडौंका विजयत्तमरत्न वज्राचार्य, ललितपुरका प्रनण शाही र नुवाकोटका तिलक तामाङ फाइनलमा प्रवेश गरेका छन् ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]