default_image

8 years ago

April 5, 2017

मिस्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठनको तयारी पुरा

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- छैटौं संस्करणको मिस्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता एवम् प्रथम पुरुष फिटनेस तथा महिला एथलेटिक्सको सम्पूर्ण तयारी पुरा भएको आयोजक नेपाल शरीरिक सुगठन तथा फिटनेस संघले जानकारी गराएको छ ।

संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले पत्रकार सम्मेलनमा दुई दिनसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबर्डहलमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गरायो । शारीरिक सुगठन तर्फ ६ तौल समूहको खेल हुनेछ ।

जसमा ५५, ६०, ६५, ७०, ७५ तथा ७५ केजीभन्दा माथिको तौल समूहमा खेल हुनेछ । यस्तै पहिलोपटक हुन लागेको पुरुष फिटनेस तथा महिला एथलेटिक्स फिजिक्स भने उचाईको आधारमा सञ्चालन हुने अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी गराए । यसमा महिलामा एक र पुरुषमा दुई क्याटगोरी हुनेछ ।

प्रतियोगिताको शारीरिक सुगठनको पहिलो दिन प्रि–जजिङ राउण्डबाट हरेक तौल समूहका ५ खेलाडी फाइनल चरणको लागि छनोट हुनेछ । हरेक तौल समूहका शीर्ष तीन खेलाडीले २५ हजार, १५ हजार र १ हजारसहित स्वर्ण, रजत र कास्यपदक प्राप्त गर्नेछ ।

यस्तै शारीरिक सुगठनको विधा पुरुष फिटनेस तथा महिला एथलेटिक्स फिजिक्सको पहिलो दिन प्रि–जजिङ राउण्डबाट शीर्ष पाँच खेलाडी फाइनल चरणको लागि छनोट हुनेछ । यस विधाको विजेताले २५ हजारसहित स्वर्ण, दोस्रोले १५ हजारसहित रजत र तेस्रो हुनेले १० हजारसहित कास्यपदक प्राप्त गर्नेछ ।

फाइनल प्रतियोगिताको हरेक समूहको समूहगत खेलाडीहरुबाट समग्रमा पहिलो हुने खेलाडीले मिस्टर हिमालयको उपाधिसहित २ लाख ७५ हजारसहित ट्रफी तथा ब्याटलले सुसज्जित हुनेछ । यस्तै विजयी खेलाी एकवर्षको लागि जगदब्वा स्टिलको ब्राण्ड एम्वेसडर हुनेछ । यस्तै प्रतियोगिताको अघिल्लो दिन प्रतियोगिताको लागि संघले जगदम्वा स्टिलसँग मुख्य प्रायोजनको सम्झौता गरेको छ ।

सम्झौता पत्रमा संघका महासचिव राजन श्रेष्ठ र जगदम्बा स्टिलका ब्राण्ड म्यानेजर विनोद जोशीले हस्ताक्षर गरे । हस्ताक्षरपछि ब्राण्ड म्यानेजर विनोद जोशीले छोटो समय भएकाले अहिलेलाई प्रतियोगितालाई मात्रै र छिट्टै थप छलफल गरेर अघि बढ्ने बताए । करिव १७ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा २६ जिल्लाका १०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.