8 years ago
March 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– माउन्टेन बाइक कम्पनी नार्लीको आयोजनामा एसियन एन्डयूरो सिरिज माउन्टेन बाइक रेस अर्को साता आयोजना हुने भएको छ । नगरकोटमा चैत २४ देखि २७ गते सम्म रेस आयोजना हुने नार्लीका सह संस्थापक अनुज अधिकारीले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा नेपालसहित १७ देशका ८१ जनाले प्रतिस्पर्धा गर्ने बताइएको छ । सुरुआती दुई दिन चैत २४ र २५ मा अभ्यास तथा अन्तिम दुई दिन मुख्य प्रतिस्पर्धा हुने अधिकारीले बताए । यो प्रतियोगिता नेपालमा आयोजना हुन लागेको दोस्रो पटक हो ।
गत बर्ष पनि स्वदेशी र विदेशी गरि ५० जनाको सहभागिता रहेको बताइएको छ । साइक्लिङको एउटा नयाँ विधाका रुपमा रहेको एन्डयुरो माउन्टेन बाइकिङ क्रस कन्ट्री र डानहिल विधाबाट उत्प्रेरित भएको अधिकारीले जानकारी दिए । एसियन एन्डयूरो सिरिजमा ७ वटा स्टेज रहेको र ती दुई दिनमा पुरा गर्नु पर्ने बताएको छ । पहिलो दिन ४ स्टज र बाँकी ३ स्टेज अन्तिम दिन पुरा गर्नुपर्ने बताइएको छ ।
सहासिक खेलअन्तर्गत पर्ने कोर्सको रुट झन्डै १२ किलोमिटर भएपनि डाउनहिल र अपहिल निकै पार गर्नु पर्ने बताएको छ । व्यवसायिकता तथा स्तरीय प्रतियोगितालाई सहभागी गराउने उद्देश्यका साथ नेपाली अनुभवी राइर्डसको समूह टेम्पल राइड नेपाल, नार्ली तथा राष्ट्रिय खेलाडीले कोर्स चयन गरिएको उनले बताए ।
सिंगल ट्रयाक, जीप ट्रयाक तथा टेक्निकल र रक्की सेनको समिश्रण रहेको एउटा स्टेज सकिएपछि अर्को स्टेजको सूरआतमा पुग्न आफै पेडल गरि पुग्नु पर्ने र त्यसका लागि पनि समय निर्धारण गरिएको हुन्छ । रेस स्टेजको कोर्सलाई स्पेशल स्टेज र पेडल गर्नु सेक्सनलाई लायजन स्टेज भनिने बताएको छ ।
सातवटा स्पेशल स्टेजको समय जोडेर सबै भन्दा कम समयमा पुरा गर्नेलाई विजेता घोषणा गरिनेछ । प्रतियोगितामा एलिट, महिला, लिजेन्ड, एफिसिनाडो र प्रोडिजी गरि ५ विधामा प्रतिस्पर्धा गराइने बताएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]