default_image

8 years ago

March 18, 2017

धर्मराजलाई फिटनेश फस्र्ट उपाधि

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– धर्मराज लिम्बुले तेश्रो मिस्टर फिटनेश फस्र्ट अन्तर खुला शारीरिक सुगठन च्याम्पियनसिप जितेका छन् । ६० केजी तौल समूहमा पहिलो स्थान प्राप्त गर्दै उन ओभरअल राउन्डमा प्रवेश गरेका थिए । ओभरअलमा ७० केजीका विजेता हिरण श्रेष्ठ दोस्रो भए भने ७० केजी माथिका दामोदर श्रेष्ठ तेस्रो भएका थिए । उपाधि विजेता धर्मराजले २५ हजार, हिरणले १५ र १० हजार रुपैयाँ पप्त गरे । प्रतियोगितामा कुवेर खत्री बेष्ट पोजर घोषित भए ।

limbu

सतुंगलको फिटनेश फस्र्ट क्लबको आयोजनामा भएको च्याम्पियनसिपको पुरुष स्पोर्टस् फिजिक १ सय ६५ से.मि.को प्रतिस्पर्धामा सुजन रोका विजयी भए । उनले ट्रफीसहित १० हजार रुपैयाँ प्राप्त गरे । शेखर खत्री दोस्रो र राजेश तामाङ तेस्रा भए । यस्तै १ सय ६५ से.मि. माथीको प्रतिस्पर्धामा शिव महर्जन विजयी भए । उनले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । मनोज कटुवाल दोश्रो र दिपेन्द्र गिरी तेश्रा भए ।

तीन तौल समूहमा भएको प्रतिस्पर्धा भएको थियो । धर्मराज विजेत बनेको ६० केजीमा त्रिजोन मानन्धर दोस्रा र मनोज सुरखेती तेस्रा भए ।७० केजीमा अमर गमाल दोस्रो र सनत हमाल तेस्रा भए । त्यस्तै ७० केजी माथीको तौलमा मनोज श्रेष्ठ दोस्रा र प्रदीप वानियाँ तेस्रा भए । प्रतियोगितामा ५० खेलाडीको सहभागिता थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.