8 years ago
March 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दुबईको किङ खान हक्की क्लबले दोस्रो किङ खान नेपाल इन्डोर पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा नेपाल आर्मीलाई ५–० ले हराउँदै किङ खान च्याम्पियन बनेको थियो ।
कप्तान अली खानको ह्याट्रिक र अली राजाको २ गोलको मद्दतमा किङ खानले उपाधि रक्षा गरेको थियो । पहिलो संस्करणमा पनि यीनै दुवै टोली फाइनल खेलेका थिए । किङ खानले ३० हजार र आर्मीले २० हजार रुपैयाँ प्राप्त गरेको थियो ।
नेपाल हक्की संघ र काठमाडौं हक्की क्लबको संयुक्त आयोजना भएको प्रतियोगितामा महेन्द्रनगरको हेल्प क्लबले तेस्रो स्थान प्राप्त गर्यो । भानु अग्रवाल र मितेश सिंहको समान २ गोलको मद्दतमा हेल्प क्लबले महेन्द्रनगरकै युनाइटेड क्लबलाई ४–३ गोलले हराएको थियो । हरायो । विजेताका भानु अग्रवाल र मितेश सिंहले २–२ गोल गरे । हेल्प क्लबले १० हजार रुपैयाँ प्राप्त गर्यो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]