10 years ago
August 13, 2015
विश्व रग्बी महाघंको तत्ववाधनमा नेपाल रग्वी संघको आयोजनामा रग्बीको प्रशिक्षक कोर्ष बिहिबारदेखि कीर्तिपुरमा सुरु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने उक्त कोर्ष तथा तालिम राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेन्द्र श्रेष्ठ र रग्बी सघंका अध्यक्ष टङ्कलाल घिसिङले गर्नेू भयो । तालिममा पहिलो दिन गेट इन्टु रग्बी,दोस्रो दिन लेभल ए प्रशिक्षक कोर्ष तथा अन्तीम दिन अफिसियल रेफ्री प्रशिक्षण हुनेछ ।
फनको रुपमा राखिएको गेट इन्टु रग्बीमा राष्ट्रिय खेलाडी,जिल्ला सघंका सदस्य,विभिन्न विद्यालयका खेलाडी तथा क्लबका खेलाडीहरु गरी कुल ८५ खेलाडीको सहभागिता रहेको छ ।
लेभल ए कोर्षतर्फ भने राष्ट्रिय टोलिका केही खेलाडी,क्षेत्रिय तथा जिल्ला सदस्यहरु गरी कुल २० जनालाई मात्र समाबेश गराइने रग्बी सघंका महासचिव चेतन राज गीरीले बताए । म्याच रेफ्रीको कोर्षमा समेत सिमित अफिसियललाई समाबेश गराइने रग्बी प्रशिक्षक गोबिन्द घिमिरेले बताए । उक्त तीन दिने रग्बी कोर्षमा विश्व रग्बी महासघंका इन्सट्रक्टर नासिर हुसेन र एजुकेटर सुरजित घोषले प्रशिक्षण दिनेछन् ।
कार्यक्रमा रग्बी सघंका सचिव दिपक देवकोटाले कोर्ष बारे प्रकाश पार्नुका साथै स्वागत मन्तब्य ब्यक्त गरे । उद्घाटन कार्यक्रममा प्रमुख अतिथी राखेप सदस्य राजेन्द्र श्रेष्ठले रग्बीको बृद्धि र बिकासका लागि हरदम लागी पर्ने बताए । रग्बी सघंका अध्यक्ष तथा कार्यक्रमका सभापति टङ्क लाल घिसिङले दिनानुदिन रग्बीको सफलताले सघंलाई थप जिम्मेबारी थपिएको बताए ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]