3 weeks ago
April 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। यो प्रतियोगितामा पुलिस पहिलो पटक च्याम्पियन बनेको हो।
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको फाइनल खेलमा ६ पटकको च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो।
एपिएफ विरुद्ध पुलिसले सुरुवात बाटै रवाफिलो प्रदर्शन गर्दै सहज जितका साथ उपाधि जित्न सफल भएको हो।
पुलिसले एकपक्षीय शैलीमा एपिएफलाई हरायो। पहिलो सेट २५-१५ ले जित्दै १-० को अग्रता बनायो। दोस्रो सेटमा एपिएफले केहि चुनौती दिने प्रयास गर्यो। तर यो सेट पनि २५-२३ ले जित्दै पुलिसले २-० को अग्रता बनायो।
खेलमा टिकिराख्न तेस्रो सेट एपिएफलाई जित्नैपर्ने थियो। तर २५-१६ ले सहजै पुलिसले तेस्रो सेट पनि जित्यो।
प्रतियोगितामा पुलिस उपाधि जित्ने तेस्रो टोली हो। यसअघि छ पटक एपिएफ र एक पटक टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले जितेको थियो।
उपाधिसँगै पुलिसले ४ लाख ९९ हजार र एपिएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
न्यु डायमण्ड तेस्रो
आजै भएको तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा टिपटप न्यु डायमण्ड युथ भलिबल क्लब सफल रहयो।
उसले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २५-१९, २५-१२ र २५-१८ को सेटमा माथ दियो। तेस्रो भएको न्यु डायमण्डले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्यो।
कामना सर्वोत्कृष्ट
प्रतियोगिताकि विजेता पुलिसकी कामना बिष्ट सर्वोत्कृष्ट खेलाडी बनिन्। उनलाई नगद ५० हजार प्रदान गरियो। पुलिसकी कमला पुन उत्कृष्ट सेटर, शान्ति कला उत्कृष्ट लिबरो र रूपेश कुमार बिष्ट उत्कृष्ट प्रशिक्षक बन्न सफल रहे।
व्यक्तिगत एपिएफकी निरूता ठगुन्ना बेस्ट स्पाइकर र पुजा चौधरी उत्कृष्ट सर्भर बने। व्यक्तिगत पुरस्कार विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गरे।
शेर बाहादुर खड्का मेमोरियल ट्रष्टको आयोजनामा बैशाख १० गते सुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता थियो।
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघको आयोजनामा अर्को महिना हुने नवौं पिएम कप एनभिए महिला पुरुष भलिबल लिगसँग शिवम् सिमेन्ट जोडिएको छ। लिगमा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ रुपमा जोडिएको भलिबल संघले जनाएको छ। शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवाल तथा भलिबल संघका महासचिव रोशन श्रेष्ठले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता रकम खुलाइएको छैन। […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]
May 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोली तथा विभागीय नेपाल पुलिस क्लबका मिडल ब्लकरद्धय सफल विश्वकर्मा र रविन नगरकोटीलाई उपचारको लागि जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल युथ स्पोर्ट्स क्लब जापानले पोखरामा यसै साता सम्पन्न प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिता दौरान घाइते भएका सफल र रविनलाई हौसला स्वरुप आर्थिक […]