default_image

3 weeks ago

April 25, 2025

एपिएफ र पुलिस उपाधिका लागि भिड्ने

668 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लब आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधिको लागि भिड्ने भएका छन्।

राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको सेमिफाइनलमा अब्बल प्रदर्शन गरिरहेको एपिएफले टिपटप न्यु डायमण्ड स्पोर्टस क्लबलाई ३-१ ले माथ दियो।

पहिलो सेट २५-१६ ले जित्दै एपिएफले १-० को अग्रता बनायो। दोस्रो सेटमा न्यु डायमण्डले एपिएफलाई चुनौती दियो। तर पनि एपिएफ २५-२२ ले दोस्रो सेट जित्दै २-०को अग्रता बनाउन सफल रह्यो।

तेस्रो सेटमा भने एपिएफलाई दबाब दिन न्यु डायमण्ड सफल रह्यो। यो सेट एपिएफले २३-२५ ले गुमायो। न्यु डायमण्डले खेललाई २-१ मा पुर्यायो।

तर चौथो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै एपिएफले फाइनलमा स्थान सुरक्षित गर्यो। एपिएफ सातौं पटक च्याम्पियन बन्ने दाउमा छ।

अर्को सेमिफाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० ले हराउँदै फाइनलको यात्रा तय गर्यो। पुलिसले २५-६, २५-२३ र २५-२२ को जितमा फाइनलको यात्रा तय गरेको हो।

एपिएफ र नेपाल पुलिस क्लब दुवै समुह विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए। एपिएफले समूह चरणमा आर्मी र एभरेष्ट भलिबल क्लबलाई हराएको थियो। पुलिसले भने न्यु डायमण्डलाई माथ दिएको थियो।

प्रतियोगितामा कुल ५ टोली को सहभागिता रहेको छ। विजेताले ४ लाख ९९ हजार, दोस्रो टोली २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो स्थान र फाइनल भोलि हुनेछ।

May 13, 2025

पिएम कप एनभिए भलिबल लिगमा शिवम् सिमेन्टको साथ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघको आयोजनामा अर्को महिना हुने नवौं पिएम कप एनभिए महिला पुरुष भलिबल लिगसँग शिवम् सिमेन्ट जोडिएको छ। लिगमा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ रुपमा जोडिएको भलिबल संघले जनाएको छ।  शिवम् सिमेन्टका  सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवाल तथा भलिबल संघका महासचिव रोशन श्रेष्ठले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता रकम खुलाइएको छैन। […]

May 11, 2025

अस्ट्रेलियामा पूर्व कराते खेलाडीको एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]

May 10, 2025

घाइते सफल र रविनको उपचारका लागि सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोली तथा विभागीय नेपाल पुलिस क्लबका मिडल ब्लकरद्धय सफल विश्वकर्मा र रविन नगरकोटीलाई उपचारको लागि जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल युथ स्पोर्ट्स क्लब जापानले पोखरामा यसै साता सम्पन्न प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिता दौरान घाइते भएका सफल र रविनलाई हौसला स्वरुप आर्थिक […]

Success

Thank you for your time.