5 days ago
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) समूह बीको विजेता बन्दै आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीताको सेमिफाइनलमा पुगेको छ।
यो सँगै सेमिफाइनल समीकरण पूरा भएको छ।एपिएफको जितमा यो समूहबाट त्रिभुवन आर्मी क्लब उप विजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्न सफल रहयो।
अर्को समूहमा दुई टिम मात्र रहँदा नेपाल पुलिस क्लब विजेता र टिप टप न्यु डायमण्ड उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ।
लिग चरणको अन्तिम खेलमा एपिएफ विरुद्ध एभरेष्ट भलिबल क्लबलाई जितको विकल्प थिएन। तर बलियो प्रतिद्वन्द्वी एपिएफले २५-१९, २५-१५ र २५-१० को सोझो सेटमा खेल आफ्नो पक्षमा पार्यो। लगातार दुई जितमा एपिएफले ६ अंक बनायो।
लगातारको दोस्रो हारमा एभरेष्ट भलिबल क्लब समूह चरणबाटै बाहिरिएको छ। यसअघि आजै बिहान एभरेष्टलाई आर्मीले २५-१६, २५-१८ र २५-१७ ले हराएको थियो।
अब सेमिफाइनलमा एपिएफले न्यु डायमण्ड र आर्मीले पुलिससँग खेल्नेछ। प्रतियोगितामा कुल ५ टोलीको सहभागीता रहेको छ।
विजेताले ४ लाख ९९ हजार, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]