6 days ago
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ।
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हरायो।
एकपक्षीय खेलमा आर्मीले एभरेस्टलाई २५-१६, २५-१८ र २५-१७ को सोझो सेटमा हरायो। योसँगै यो समुहमा सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मीले एक-एक खेल जितेका छन्।
आर्मीले दुई खेलबाट ३ अंक बनाएको छ। एपिएफले एक खेलबाट ३ अंक बनाइसकेको छ। अब आजै हुने दिनको दोस्रो खेलमा एभरेष्ट र एपिएफबीच खेल हुनेछ।
यदि सो खेलमा एक सेट मात्र गुमाएर खेल जिते पनि एभरेष्ट भलिबल क्लब समुह चरणबाटै बाहिरिनेछ। यदि एपिएफले खेल जितेमा एभरेष्ट भलिबल क्लब समुह चरणबाटै बाहिरिनेछ।
अर्को समुहमा नेपाल पुलिस क्लब र टिपटप न्यु डायमण्ड मात्र रहेको कारण दुवै टिम सेमिफाइनलमा पुगिसकेका छन्। हिजो पुलिसले न्यु डायमण्डलाई हराएकोले भने पुलिस समुह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ।
प्रतियोगितामा कुल ५ टिमको सहभागीता रहेको छ। विजेताले ४ लाख ९९ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने टिमले क्रमश २ लाख ५० हजार र १ लाख २५ हजार प्राप्त गर्नेछन्।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]