6 days ago
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा पहिलो खेल जितेर नेपाल पुलिस क्लब समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।
आज राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा टिपटप न्यु डायमण्ड युथ क्लबलाई ३-० को सोझो सेटमा हराएको हो । न्यु डायमण्डले दोस्रो सेटको सुरुवात राम्रो गरेपनि अन्य समयमा चुनौती दिन सकेन । २५-१४, २५-२२ र २५-१३ ले पुलिसले सहजै खेल आफ्नो पक्षमा पार्यो ।
समूह ‘बी’ मा न्यु डायमण्ड युथ क्लब र पुलिस छन् । समूह चरणको एक मात्र खेल जितेर पुलिस समूह विजेता बन्यो। एक पटकको विजेता न्यु डायमण्ड पनि उप विजेताका रुपमा सेमिफाइनलमा पुग्यो ।
आज भएको पहिलो खेलमा ६ पटकको च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) ले समूह एमा विजयी सुरुवात गर्ने क्रममा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हरायो ।
प्रतियोगितामा कुल ५ टोलीको सहभागिता छ । समूह ‘ए’ अर्को टोली एभरेष्ट भलिबल क्लब छ। प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार, दोस्रो टोलीले २ लाख ५० हजार र तेस्रो १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]