7 days ago
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) ले आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा विजयी सुरुवात गरेको छ।
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको उद्घाटन खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हरायो।
खेलको पहिलो सेट केहि प्रतिस्पर्धात्मक बन्यो। जहाँ एपिएफले २५-२० ले पहिलो सेट जित्दै १-० को अग्रता बनायो।
दोस्रो सेटमा एपिएफले एकपक्षीय शैलीमा खेल आफ्नो पक्षमा पार्यो। २५-१३ ले दोस्रो सेट जित्दा एपिएफले २-० को बनायो।
त्यसपछि तेस्रो देटमा पनि आर्मी निरिह बन्यो। २५-१६ ले जित्दै एपिएफले तेस्रो सेट पनि जित्यो। यो जितसँगै एपिएफको सेमिफाइनलको संभावनालाई बलियो बनाएको छ।
शेर बहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना आज सुरु भएको प्रतियोगितामा कुल ५ टिमको सहभागिता रहेको छ।
समूह ‘ए’ मा आर्मी, एपिएफ र एभरेष्ट भलिबल क्लब छन्। समूह ‘बी’ मा एक पटकको विजेता टिपटप न्यु डायमण्ड युथ क्लब र नेपाल पुलिस क्लब छन्।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]