default_image

1 week ago

April 22, 2025

शेरबहादुर स्मृति राष्ट्रिय महिला भलिबलको तयारी पूरा

737 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )-  शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने केएनपी नेरोलेक आठौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सुरु हुँदैछ । सहभागी ५ टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘बी’ मा साविक विजेता एपीएफ, एभरेष्ट र नेपाल आर्मी तथा समूह ‘बी’ मा साविक उपविजेता नेपाल पुलिस क्लब र टिप टप न्यु डायमन्ड रहेका छन् ।
पहिलो दिन २ खेल हुनेछ ।  पहिलो खेल आर्मी र एपिएफबीच हुनेछ । अर्कोमा पुलिसले न्यु डायमन्ड विरुद्ध खेल्ने छ ।

विजेताले  ४ लाख ९९ हजार र  उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले५० हजार हजार ,विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेलको प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ प्राप्त‌ गर्ने आयोजक प्रतिष्ठान अध्यक्ष रञ्जन खड्काले जनाएका छन् ।

प्रतियोगिताको उद्घाटनका अवसरमा एक राष्ट्रिय महिला खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित ‘शेरबहादुर खड्का स्पेसल अवार्ड’ बाट सम्मानित गरिने छ । एक प्रशिक्षकलाई पनि ५० हजार नगदबाट पुरस्कृत गरिने छ ।

पुरस्कार राशि मात्रै १३ लाखभन्दा बढी रहेको प्रतियोगिताको अनुमानित बजेट करिब ५० लाख रुपैयाँ रहेको प्रतिष्ठानका अध्यक्ष खड्काले जानकारी दिए । फाइनल बैशाख १३ गते हुनेछ ।

अध्यक्ष खड्काले प्रतियोगितालाई बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकले मुख्य प्रायोजन गरेको बताए । महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतिष्ठानले २०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

सातौं संस्करण सकिँदा एपीएफले ६ पटक उपाधि जितेको छ भने न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौं संस्करणको उपाधि जितेको थियो ।

April 27, 2025

राष्ट्रिय हक्की यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

Success

Thank you for your time.