default_image

1 week ago

April 22, 2025

मणिमुकुन्द कप भलिबल- पुलिसको दोस्रो जित

1108 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

विभागिय टोली नेपाल पुलिस क्लबले बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल च्याम्पियनसिपमा दोस्रो खेलमा पनि जित हात पारेको छ । एपिएफ भने दोस्रो खेलमा पनि पराजित भएको छ ।

मणिमुकुन्द भलिबल क्लबले आयोजना गरेको प्रतियोगिताको चौथो दिन मंगलवार भएको समूह एमा‌ आयोजक मणिमुकुन्दले एपिएफलाई ३-० को सोझो सेटमा पराजित भएको हो ।

मणिमुकुन्दले २५–१८, २५–१५ र २५–२२ मा विजयी भयो। एपिएफ आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसंग पराजित भएको थियो ।

आर्मी साग भलिवल एकेडेमी गुजरातसंग पराजित भएको छ । सेमिफाइनल पुग्नका लागि आर्मीले बुधवार हुने मणीमुकुन्दको खेलमा सोझो सेटमा जित निकाल्नु पर्ने हुन्छ । एपिएफलाई पनि बिहिवार गुजरातलाई सोझो सेटमा जित्नै पर्ने दबाब छ ।

समुह बि मा पुलिसले कोशी प्रदेशलाई पनि ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–२२, दोस्रो सेट २७–२५ र तेस्रो सेट २५–१८ मा जित हात पारेको हो । कोशी तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

बाँकी टोलीले समान १ खेलमा जित निकालेका छन् । तीनै टोलीले सेमिफाइनल प्रवेशका लागि बाँकी खेलमा जित निकाल्नु पर्नेछ।

बुधवार पहिलो खेल गल्कोट भलिबल क्लब र गण्डकी प्रदेश भलिबल संघ तथा दोस्रो खेल मणिमुकुन्द र आर्मीबीच हुनेछ ।

पहिलो पटक दिन र रातिमा सञ्चालन गरिएको प्रतियोगितामा ८ टोली सहभागी छन् । समूह एमा मणिमुकुन्द, गुजरात, आर्मी र एपिएफ छन् । समुह बीमा पुलिस , गण्डकी, कोशी र गल्कोट छन् ।

प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा दोस्रोले २ लाख ११ हजार १ सय ११ रुपैयसँ प्राप्त गर्नेछ ।

तेस्रो टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र चौथो टोलीले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ । नवौं संस्करणको उपाधि नेपाल आर्मी क्लबले जितेको थियो ।

April 27, 2025

राष्ट्रिय हक्की यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

Success

Thank you for your time.