2 weeks ago
April 18, 2025
सुशील पन्त क्षेत्री, चितवन
चितवनमा प्रथम राईनो मुवाथाई च्याम्पियनसिप हुने भएको छ । राईनो मुवाथाई जिम फिटनेश सेन्टरको आयोजनामा शनिवार प्रतियोगिता हुन लागेको हो ।
राईनो मुवाथाईमा हुने प्रतियोगिता बिहान १० बजे सुरु हुने प्रतियोगिता संयोजक बिगेन दराईले जानकारी दिए ।
प्रतियोगितामा देशभरबाट १५ टोली सहभागी हुने दराईले बताए । उनीहरुले विभिन्न २० विधामा प्रतिस्पर्धा गर्नेछन्।
प्रो फाइटमा ५, सेमि प्रोमा ५ तथा एमेचरमा टिम सहभागी हुनेछन् । प्रो फाइटमा विजेताले ३० हजार र दोस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रो फाइटको मेन ईभेन्टमा स्ट्रोङ्गेस्ट मुवाथाई नेपालबाट स्याङ्जाका आयुष गुरुङ र प्युठानका घर्ती मगरले प्रतिस्पर्धा गर्नेछन् । यी दुबै राष्ट्रिय खेलाडी हुन् ।
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]