default_image

2 weeks ago

April 17, 2025

निवार्चनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्नो निर्वाचनलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) मान्यता दिएको एनओसीले दाबी गरेको छ।

आइओसीका एनओसी रिलेसन्स, ओलम्पिक सोलिडारिटी तथा ओलम्पिक ३६५ डाइरेक्टर जेम्स म्याकलियोडले एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई सम्बोधन गरेर बिहीवार पठाएको पत्र‌को आधारमा एनओसीले यस्तो दाबी गरेको हो।

म्याकलियोडको पत्रमा गत चैत २७ गते (९ अप्रिल) मा भएको विशेष साधारण सभाको सम्पन्न भएको सम्बन्धी पत्र प्राप्त भएको र त्यसमा ओलम्पिक काउन्सिल अफ
एसिया (ओसिए) महानिर्देशक श हुसैन अल-मुसल्लमले भर्चुअल रुपमा सहभागिता स्मरण गरिएको छ।
त्यो विशेष साधारण सभाले ५ वटा संघलाई सदस्यता दिने निर्णय गरेको थियो।

पत्रमा भनिएको छ, ‘ साधारण सभाबाट गरिएका निर्णयहरू, विशेष गरी संशोधित एनओसीको विधान संशोधन र तपाईंहरुको प्रक्रियाको परिणामको प्रमाणीकरणमा हाम्रो ध्यानमा आएको छ । हामी त्यसअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउनेछौं।’

ओलम्पिक चार्टर र नेपालको खेलकुद तथा ओलम्पिक आन्दोलनको हितमा आफ्नो समिति सदस्य सबैसँग समावेशी र एकताबद्ध रुपमा कार्य गर्नुहुनेछ । सम्बन्धित सरकारी निकायहरूसँग आपसी समझदारी, सम्मान र विश्वासका साथ सौहार्दपूर्ण एवम् फलदायी सम्बन्ध पुनःस्थापित गर्नेमा आइओसीले निर्वाचित नेतृत्वसँग विश्वास राखेको पनि पत्रमा उल्लेख छ।

त्यहि पत्रलाई आधार मानेर एनओसीको गत पुस १३ गते सम्पन्न निर्वाचनलाई आइओसीले मान्यता दिएको दाबी गरेको छ। एनओसीले दाबी गरे जस्तै पुस १३ को निर्वाचनको विषय भने पत्रमा उल्लेख गरिएको छैन ।

सरकारी निकायसँग समझदारी राख्न भनिएपनि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भने एनओसीको निर्वाचनलाई अवैध ठहर गरेको छ । एनओसी देश भित्र राखेपमा अन्य संघकै हैसियतमा दर्ता भएको संस्था हो।

April 30, 2025

नवौं पोखरा स्पोर्टस् अवार्ड- ४ विधाको मनोनयन

पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको‌ वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]

April 30, 2025

राष्ट्रिय हक्की -आर्मीलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ ।                                   नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]

April 30, 2025

बिर्तामोडमा फुट–७ कप खुला फुटसलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]

Success

Thank you for your time.