default_image

2 weeks ago

April 16, 2025

पदक विजेतासहितको बक्सिङ टोली फर्कियो

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- भुटानको राजधानी थिम्पुमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिको पदक विजेता खेलाडीसहितको नेपाली टोली स्वदेश फर्किएको छ ।

उनीहरुको स्वागतको लागि नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, महासचिव मानबहादुर भण्डारीसहितका पदाधिकारीले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए थिए ।

महिला ५० के.जी. तौल समुहमा नेपालको आरती बम्जनले भुटानका जामो जिग्दाललाई ५–० अंकमा पराजित गरी पहिलो स्वर्ण दिलाए ।

महिला ५२ केजि तैल समुहमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५–० अंकने आधारमा पराजित गरी  नेपाललाई दोश्रो स्वर्ण दिलाइन् ।

त्यसैगरी महिला ५४ केजी तौल समुहमा नेपालक वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४–१ अंकको पराजित गरि तेस्रो स्वर्ण जित्न सफल भइन् ।

त्यसैगरी पुरुष तर्फ ४८ के. जी. तौल समुहमा नेपालका लाल प्रसाद उप्रेती भुटानका  खेलाडी दोर्जे मिगरसंग ४ः१ अंककोआधारमा प्रतिस्पर्धात्मक हार ब्यहोरी दोस्रो भए ।

पुरुष ५१ के. जी. तौल समुहमा नेपालका लक्ष्मण राईले भारत (सिक्कीम) का कृष्ण कैलाश राईलाई ५-० अंकको आधारमा पराजित गरी स्वर्ण जित्न सफल भए । त्यसैगरी पुरुष ५४ के.जी. तौल समुहमा नेपालले ठूलो आशा गरिएका चन्द्र बहादुर थापा वंगलादेशका खेलाडी महोमद उन्सोव संग ३–२ को प्रतिस्पर्धात्मक हार ब्यहोर्न पुगे ।

तिनै राउन्ड नै आफ्नो पक्षमा पार्दै रोचक खेल प्रदर्शन गरेका चन्द्रले अन्तीम राउन्डमा रेफ्रिको वार्निगं पाई अंक बराबर हुदा पुनः जजहरूले अंक दिदा ३-२ ले पछि भई रजत पदकमा सिमित भए । यस अधि चन्दले सेमिफाइनलमा भारतका खेलाडीलाई ५-० ले हराई फाइनल पुगेका थिए ।

प्रशिक्षकमा प्रमुख प्रशिक्षक ओलम्पियन प्रविन तुलाधर, आईबा थ्री स्टार कोच दिपक महर्जनका साथमा सहयोगी प्रशिक्षकहरु उमेश कटुवाल र सन्दिप श्रेष्ठ थिए ।

साथै भुटान बक्सिङं संघको विशेष निमन्त्रणामा प्रतियोगिता सन्चालनको लागि टेक्निकल डेलिगेट हेडको रुपमा नेपालको पहिलो अन्तराष्ट्रिय टेक्निकल अफिसियल पुष्करराज पन्तलाई जिम्मेवारी दिएको थियो।

रेफ्रि/जजमा नेपालबाट आईबिए थ्री स्टार रेफ्री/जज धनकुमार मैनाली, टु स्टर रेफ्री/जज सन्तोष आलेमगर, वान स्टार रेफ्री/जजहरु अनुराधा लामा, जिवन कवां र राजकुमार महर्जनले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

नेपालबाट सहभागी भएका स्कोरिङं अप्रेटर असिम न्यौपानेले स्कोरिङ अप्रेटरको भूमिका निर्वाह गरेको थिए ।

April 27, 2025

राष्ट्रिय हक्की यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

Success

Thank you for your time.