2 weeks ago
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने आठौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ ।
आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले प्रत्यक्ष प्रसारणको लागि आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे।
बढीमा ६ टोलीको सहभागितामा वैशाख १० देखि १३ गतेसम्म प्रतियोगिता सन्चालन हुनेछ। प्रतियोगितालाई विगतमा जस्तै केएनपी निरोलेकले मुख्य प्रायोजन गरेको छ ।
प्रतियोगितामा साविक एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लबको सहभागिता निश्चित भइसकेको बताइएको छ ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र एभरेष्ट भलिबल क्लबलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको प्रतिष्ठानका अध्यक्ष खड्काले जानकारी दिएका छन्।
त्रिपुरेश्वरस्थिर राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीले ४ लाख ९९ हजार , दोस्रोले २ लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिवेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय महिला खेलाडीले ५० हजार रुपैयाँसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित गरिने बताइएको छ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]