default_image

2 weeks ago

April 12, 2025

तारालाई नेपाल उमन्स ओपन गल्फको उपाधि

223 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गल्फ टोलीकी खेलाडी तारा कार्की चित्रकारले नेपाल उमन्स ओपन गल्फ प्रतियोगिताको उपाधि जितेकी छिन्।

रोयल नेपाल गल्फ क्लबमा आज ताराले ३७ अंकका साथ सम्झना खत्रीलाई हराउँदै उपाधि जितेकी हुन्। उनले उपाधिसँगै इलेक्ट्रिक स्कुटर हात पारिन्।

राष्ट्रिय टोली अर्की खेलाडी सम्झना ३६ अंकसहित दोस्रो भइन् । उनले तीन बर्डी प्रहार गर्दै मोस्ट बर्डिजको उपाधि पनि जितिन्।

अभनी राईले यु–१९ तर्फको उपाधि जितिन्। उनले ३४ अंक बनाएकी थिइन्। सन्ध्या राईले सिनियर र कल्याणी मोक्तानले सुपर सिनियरको उपाधि जितिन् । सन्ध्याले २६ अंक र कल्याणीले १३ अंक जोडे।

प्रतियोगितामा पार्वती सुवेदीले बेस्ट फ्रन्ट नाइन र अञ्जली योञ्जनले बेस्ट ब्याक नाइनको उपाधि जितिन् । पार्वतीले १८ र अञ्जलीले १९ अंक जोडेका थिए।

प्रतियोगितामा जुनी गुरुङले लङ्गेस्ट ड्राइभ, बलकशी गुरुङले क्लोजेस्ट टु द पिन, अञ्जलिका सिन्हाले स्ट्रेट ड्राइभ, रिजु राईले बेस्ट स्पोर्ट्सम्यानसिप र न्यायाधीश सपना प्रधान मल्लले लक्की ड्र को पुरस्कार प्राप्त गरे।

आजको खेलबाट १० खेलाडीले आइतवार हुने दोस्रो तथा अन्तिम राउण्डमा स्थान बनाएका छन्। तारा कार्की चित्रकार, सम्झना खत्री, अञ्जली योञ्जन, अभानी राई, पार्वती सुवेदी, रानु बानियाँ, सुषमा सिंह, सुमित्रा लिम्बु, सन्ध्या राई र देवी पुलामी मगरले विश्व वरीयताका लागि खेल्नेछन्।

विजेतालाई अभिनेत्री मनिषा कोइराला, न्यायाधीश सपना प्रधान मल्ल , आरएनजिसी अध्यक्ष मधुकर याकतुम्बा क्याप्टेन मिथुन राई, लेडी क्याप्टेन तथा प्रमुख आयोजक अर्शिया बानु, नेपाल गल्फ संघका अध्यक्ष टासी घले लगायतले पुरस्कार प्रदान गरे।

April 25, 2025

मणिमुकुन्द कप भलिबल – गल्कोट र गुजरात फाइनलमा

सुमन अधिकारी, बुटवल साविक विजेता त्रिभुवन आर्मी बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ । गल्कोट भलिबल क्लबसँग पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो  । गल्कोटले फाइनलमा भारत गुजरातको साग भलिबल एकेडेमीको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा सागले गण्डकी प्रदेश भलिबल संघलाई पराजित गरेको हो । गुजरात २५-२१, २५-२० र […]

April 25, 2025

एपिएफ र पुलिस उपाधिका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लब आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधिको लागि भिड्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको सेमिफाइनलमा अब्बल प्रदर्शन गरिरहेको एपिएफले टिपटप न्यु डायमण्ड स्पोर्टस क्लबलाई ३-१ ले माथ दियो। पहिलो सेट २५-१६ ले जित्दै एपिएफले १-० को […]

April 24, 2025

एपिएफको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) समूह बीको विजेता बन्दै आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीताको सेमिफाइनलमा पुगेको छ। यो सँगै सेमिफाइनल‌ समीकरण पूरा भएको छ।एपिएफको जितमा यो समूहबाट त्रिभुवन आर्मी क्लब उप विजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्न सफल रहयो। अर्को समूहमा दुई टिम मात्र रहँदा नेपाल पुलिस क्लब […]

Success

Thank you for your time.