3 weeks ago
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर दुई गल्फर निरज तामाङले सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि जितेका छन्।
सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिताका रुपमा रहेको म्याच प्लेको ३६ होलको फाइनल प्रतिस्पर्धामा आठौं वरियताका धन बहादुर थापालाई ५/४ ले हराउँदै निरज सिजनको तेस्रो उपाधि जिते । उनको यो करियरको चौथो उपाधि हो।
रोयल नेपाल गल्फ क्लबमा बिहीवार भएको फाइनल प्रतिस्पर्धामा निरजले धनलाई पहिलो नौ होलमा २-होलले पछि पारे। यसपछि १८ होल सकिंदा निरजले ६-होलको फराकिलो अग्रता बनाए।
एकपक्षीय जितको नजिक निरज पुगेका थिए। तर धनले सहजै हार मानेनन्। २७ होलको समाप्तिमा अग्रता ५-होलमा छोट्याए। यसपछि ३२ औं होलको खेल बराबरीमा सकिएसँगै निरजले ४ होल अगाडि उपाधि जिते।
उपाधिसँगै निरजले ६० हजार रुपैयाँ प्राप्त गरे । धनले ४२ हजार रुपैयाँ पाए। निरजले पहिलो चरणमा सूर्य प्रसाद शर्मा, क्वाटरफाइनलमा रामे मगर र सेमिफाइनलमा दिनेश प्रजापतिलाई हराएका थिए। निरजले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन र सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका थिए।
डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापतिलेे तेस्रो स्थान प्राप्त गरे। दिनेशले रवि खड्कालाई १८ होलको प्रतिस्पर्धामा ४/२ ले माथ दिए। दिनेशले ३२ हजार र रविले २४ हजार रुपैयाँ प्राप्त गरे ।
क्वाटरफाइनलमा पराजित नेपाल नम्बर एक भुवन नगरकोटी, तोरण विक्रम शाही, रामे मगर र प्रदीप कुमार लामाले समान ११ हजार रुपैयाँ प्राप्त गरे।
पहिलो चरणमा पराजित हुने पशुपति शर्मा, भुवन कुमार रोक्का, टंक बहादुर कार्की, सञ्जय लाम, जयराम श्रेष्ठ, रमेश अधिकारी दीपक मगर र सूर्य प्रसाद शर्माले जनही ६ हजार रुपैयाँ प्राप्त गरे।
सन् २०२३-२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका थिए
प्रतियोगिताको कुल २ लाख ५० हजार रुपैयाँ रहेको थियो। प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटी जेनरल मेनेजर (मार्केटिङ) केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]