3 weeks ago
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका काभ्रेपलाञ्चोकको बनेपामा जारी दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
ललितपुरले बुधवार बनेपा वडा नं ९ लाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेको हो।
बुढानिलकण्ठ भलिबल क्लब, टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब र प्रोफेसनल कन्सल्टेन्सी पनि सेमिफाइनलमा पुगेका छन्।
बनेपाको लायकु मञ्चमा रहेको भलिबल कोर्टमा खेलमा बुढानिलकण्ठले महाभारत गाउँपालिकालाई ३-० ले पराजित गर्यो।
न्यु डायमण्डले आयोजक बनेपा नगरपालिकालाई ३-० ले र प्रोफेसनलले धुलिखेल नगरपालिकालाई ३-१ सेटमा हरायो । बिहीवार ललितपुर र बुढानिलकण्ठ तथा न्यु डायमण्ड र प्रोफेसनलबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ।
बनेपा नगरपालिकाको आयोजना भएको प्रतियोगिताको व्यवस्थापनको बनेपा भलिबल प्रशिक्षण केन्द्रले गरेको छ। काभ्रे जिल्ला भलिबल संघको सहकार्यमा भएको प्रतियोगितामा ९ वटा टोलीले भाग लिएका छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख, दोस्रो ५० हजार, तेश्रोले २५ हजार र चौथोले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]
April 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ। ९ स्वर्ण, १ रजत र २ कास्य सहित १२ पदक जितेर पुलिसले प्रतियोगितामा वर्चस्व बनायो। सशस्त्र प्रहरी बल (एपिएफ) दोस्रो भयो। उसले ४ स्वर्ण, ६ रजत र ३ कास्य गरी १३ पदक प्राप्त गर्यो। त्रिभुवन आर्मी […]