default_image

3 weeks ago

April 9, 2025

गोर्खाली रग्बी र आर्मीको जित

279 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्।

आज भएको उद्घघाटन खेलमा डिफेन्डिङ च्याम्पियन गोर्खलीले गत वर्षको उपविजेता एपिएफलाई प्रतिस्पर्धात्मक खेलमा १४-१२ स्कोरले पराजित गर्यो।

त्यसैगरी दोस्रो खेलमा आर्मीले एकपक्षिय खेलमा नेपाल पुलिस क्लबलाई ४९–३ को फराकिलो स्कोरले हरायो ।
नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले प्रतियोगिताको उद्घघाटन गरे।

रग्बी फिफ्टिन्स नेपाल रग्बी संघले सन् २०१८ देखि थालेको रग्बी फिफ्टिन्सको एक मात्र क्लब प्रतियोगिता हो।

प्रतियोगितामा शनिवार गोर्खाली रग्बी क्लब र आर्मी तथा पुलिस र एपिएफबिच प्रतिस्पर्धा हुनेछ।

राउन्ड रोविन लिगमा सबैले टोलीले एक अर्कोसंग खेले पछि शीर्ष टोली प्रतियोगिताको च्याम्पियन बन्नेछ।

May 1, 2025

हिमालयन जाभा बास्केटबल लिग-  कीर्तिपुर र सामाखुशीबीच उद्धाटन खेल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ । बैशाख २० गते देखि सुरु हुने लिगको बुधवार खेलतालिका सार्वजनिक भएको छ । तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबीच पनि […]

May 1, 2025

राष्ट्रिय हक्की- कोशी र गण्डकी विजयी

काठमाडौं (हाम्रो खेलकुद)- कोशी र गण्डकी प्रदेशले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बिहीवार पुरुषतर्फ कोशीले र महिलामा गण्डकीले जित निकालेका हुन् । पुरुषमा कोशीले गण्डकी प्रदेशमाथि ५-३ गोलअन्तरको जित दर्ता गर्यो । कोशीको जितमा लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन चौधरी र […]

May 1, 2025

ज्ञान मेमोरियल ओपन गल्फ हुने

काठमाडौं (हाम्रो खेलकुद)- ज्ञान फाउन्डेसनद्वारा आयोजित ज्ञान मेमोरियल ओपन गल्फ प्रतियोगिता शुक्रवार सुरु हुने भएको छ। रोयल नेपाल गल्फ क्लबमा हुने दुई दिने प्रतियोगितामा कुल १ सय गल्फरको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा ज्ञान फाउन्डेसनका मनोज खालिनले जानकारी दिए। प्रतियोगितामा महिलामा ओभरअल तर्फ प्रतिस्पर्धा हुनेछ। सिनियर लेडिज र सुपर सिनियर विधा पनि समावेश गरिएको […]

Success

Thank you for your time.