1 day ago
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ।
ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् ।
फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र एनओसीविरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघका अध्यक्षबीच २ बुँदे सम्झौता भएको थियो।
जसमा १५ दिन भित्र विशेष साधारण सभा गरेर ५ वटा संघलाई एनओसीको सदस्यता दिने उल्लेख थियो ।एनओसी विरुद्ध ती ५ संघले दायर गरेको मुद्दा तत्काल र विना शर्त फिर्ता लिने सम्झौतामा उल्लेख थियो। त्यसमा घोडचढी संघले भने मुद्दा फिर्ता लिएको छैन।
एनओसीले चैत ६ गते अनलाइनमार्फत विशेष साधारण सभा गर्दै नेपाल मोर्डन पेन्टाथोलन संघ, घोडचढी संघ, रग्बी संघ, स्केटिङ एन्ड स्केटबोर्ड संघ र बेस बल एन्ड सफ्ट बल संघलाई सदस्यता दिने निर्णय गरेको थियो।
‘ कुवेतमा तपाईँ स्वयंले हस्ताक्षर गरेको सहमति सम्झौताका बाबजुद पनि अझै एनओसीविरुद्धको मुद्दा फिर्ता लिनुभएको छैन,पत्रमा भनिएको छ,’ चारवटै संघले मुद्दा फिर्ता लिइसकेका छन् । हामीलाई उनीहरूबाट र एनओसीबाट पनि त्यसको पुष्टि प्राप्त भइसकेको छ।’
पत्रमा अगाडि भनिएको ,’तपाईले हस्ताक्षर गरेको सम्झौताको सम्मान नगर्नु भनेको नेपाल ओलम्पिक आन्दोलनसँग सम्बन्धित समस्याहरू समाधान गर्ने कुनै मनसाय नभएको संकेत गर्छ।’
ओसिएका महानिर्देशक मुसल्लमले सम्झौता अनुसार गर्ने कि नगर्ने भनेर प्रश्न गरेका छन् ।
चैत ६ गतेको विशेष साधारण सभा रोक्न पनि उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो। प्रहरी नियन्त्रणमा एनओसीको कार्यलय रहेको कारण कुनै पत्र प्राप्त नभएको भन्दै विशेष साधारण सभा गरेको बताउँदै आएको छ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भने मंसिर १८ गते भएको एनओसीको विशेष साधारण सभा र पुस १३ गते भएको अनलाइन निर्वाचन गैरकानुनी ठहर गरेको थियो। अहिले एनओसी र सरकारबिचको विवाद चुलिएको छ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]