19 hours ago
March 22, 2025
हिमाल खरेल, बिर्तामोड
झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् ।
निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए ।
त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० मिनेट १० सेकेन्डमा दूरी पूरा गरे ।अर्जुनले १० हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै, मेचीनगरकै मिलन राजवंशी तेस्रो भए । उनले ३० मिनेट २४ सेकेन्डमा दूरी पूरा गरे । मिलनले ७ हजार ५ सय रुपैयाँ पाए ।
प्रतियोगितामा प्रदिपकुमार शाह, बादल लिम्बू, साहिल नेपाली, समिर चौधरी र युवराज लावती सान्त्वना भए । उनीहरुले जनही २ हजार रुपैयाँ प्राप्त गरे ।
महिला सहभागी सुष्मा शाक्य, संगीता दनुवार र डक्टर गृष्मा रावललाई प्रोत्सहानस्वरुप नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा झापा, मोरङ, सुनसरी, उदयपुर लगायातका जिल्लाबाट १० वर्षीय बालकदेखि ६० वर्षसम्मका ५० जना खेलाडीको सहभागिता रहेको थियो ।
सुरुङ्गा बजारबाट सुरु भएको साइकल दौड कनकाई नगरका विभिन्न पर्यटकीयस्थलहरु जामुनखाडी, प्रजापति, धनुषकोटी हुँदै सुरुङ्गामा आएर टुंगिएको थियो ।
विजेताहरुलाई कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी, क्लबका संस्थापक अध्यक्ष प्रविन तिम्सिना, सचिव कमल कट्टेल, अध्यक्ष सुमन कार्की, निवर्तमान अध्यक्ष टिकाराम भण्डारी, कार्यक्रम संयोजक पूर्णकुमार नेवार, सचिव भीम राजवंशीलगायातले पुरस्कृत गरे ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]