7 hours ago
March 9, 2025
हिमाल खरेल,भद्रपुर
झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ ।
योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ ।
आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले बताए ।
अर्जुनधाराले एथलेटिक्समा ५, करातेमा २, तेक्वान्दोमा ४ र उसुमा ४ स्वर्ण जित्यो । त्यस्तै, एथलेटिक्समा २, करातेमा १, तेक्वान्दोमा ३ र उसुमा ६ रजत पदक जित्यो । अर्जुनधाराले एथलेटिक्समा ३, करातेमा ४, तेक्वान्दोमा ३ र उसुमा २ पदक जित्यो ।
त्यस्तै, १० स्वर्ण, ११ रजत र ७ कास्य पदकसहित दमक नगरपालिका दोस्रो भएको छ । दमकले एथलेटिक्समा ३, करातेमा ४ र तेक्वान्दोमा ३ स्वर्ण पदक जित्यो ।
त्यस्तै, एथलेटिक्समा ६, करातेमा १ र तेक्वान्दोमा ४ रजत पदक जित्यो । दमकले एथलेटिक्समा २, करातेमा २ र तेक्वान्दोमा ३ पदक जित्यो ।
८ स्वर्ण, ६ रजत र १३ कास्य पदकसहित मेचीनगर नगरपालिका तेस्रो भएको छ । मेचीनगरले एथलेटिक्समा ४ र उसुमा ४ स्वर्ण जित्यो ।
त्यस्तै, एथलेटिक्समा १, करातेमा २, तेक्वान्दोमा १ र उसुमा २ रजत पदक जित्यो । मेचीनगरले एथलेटिक्समा ३, करातेमा १, तेक्वन्दोमा ४ र उसुमा ५ कास्य पदक जित्यो ।
त्यस्तै, ८ स्वर्ण, २ रजत र ७ कास्य पदक जितेको शिवसताक्षी नगरपालिका चौथो, ७ स्वर्ण, ७ रजत र १७ कास्य पदक जितेको बिर्तामोड पाँचौँ भएको समितिका प्रवक्ता जगन कार्कीले बताए ।
प्रतियोगितामा कनकाई नगरपालिका ३ स्वर्ण,२ रजत र ५ कास्य पदकसहित छैटौँ र बाह्रदशी गाउँपालिका ३ स्वर्ण, २ रजत र ३ कास्य पदकसहित सातौँ भए ।
त्यस्तै, हल्दिबारी गाउँपालिका २ स्वर्ण, ४ रजत र ४ कास्य पदकसहित आठौँ, गौरीगञ्ज गाउँपालिका २ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित नवौँ र गौरादह नगरपालिका २ स्वर्ण, २ रजत र १ कास्य पदकसहित १० औँ भए ।
त्यस्तै, भद्रपुर नगरपालिका १ स्वर्ण, ५ रजत र ६ कास्यसहित ११ औँ र कमल गाउँपालिका १ स्वर्ण, ३ रजत र ६ कास्य पदकसहित १२ औँ भए ।
प्रतियोगितामा १ स्वर्ण, २ रजत र २ कास्य पदकसहित बुद्धशान्ति गाउँपालिका १३ औँ, १ स्वर्ण, २ रजत र १ कास्य पदकसहित झापा गाउँपालिका १४ औँ तथा १ रजत र कास्य पदकसहित कचनकवल गाउँपालिका तालिकाको अन्तिममा रह्यो ।
प्रतियोगितामा छात्र र छात्रामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु विधाका खेलहरु सञ्चालन भएको थियो । प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विजेता खेलाडीलाई कोशी प्रदेशका खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष विन्दिया कार्की, समितिका अध्यक्ष भण्डारी, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]