2 hours ago
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् ।
फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे ।
प्रविन ताम्लिङ ३ घन्टा ५७ मिनेट ४० सकेन्डका साथ दोस्रो र राम चन्द्र महतारा ४ घन्टा ८ मिनेटमा दौड पूरा गरेर तेस्रो स्थानमा रहे ।
महिलातर्फ च्याम्पियन बनेकी सोनिमाले ५ घन्टा ३ मिनेट ४० सकेन्डमा दौड पूरा गरिन् । दोस्रो भएकी एनी माइ बानले ५ घन्टा २२ मिनेट ८ सकेन्ड लगाइन् । अनिशा गुरुङले ५ घन्टा ५१ मिनेट ४४ सकेन्ड समयका तेस्रो भइन् ।
सो स्टेज रेस च्यालेन्सको पाचौं चरणमा २० विदेशीसहित कुल ५६ जना खेलाडीको सहभागिता रहेको थियो ।
ट्रायलमान्डुको आयोजनामा भएको प्रतियोगिताला विजेतालाई निरज श्रेष्ठले पुरस्कृत गरे।
मञ्जुश्री ट्रेल रेस आगामी चैत १ देखि ३ गते सम्म हुने आयोजक ट्रायलमान्डुले जनाएको छ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।