1 month ago
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतमा सम्पन्न खो खो विश्व कपमा ऐतिहासिक रजत पदक जितेको नेपाली महिला र पुरुष टोली स्वदेश फर्केको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार नेपाली टिमलाई बाजा गाजा सहित भव्य स्वागत गरियो। युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, परिषदका सदस्य, खो खो संघका अध्यक्ष प्रदीप महर्जन र काठमाडौं महानगरपालिकाका प्रतिनिधि लगायतले स्वागत गरे।
पहिलो पटक भएको विश्व कपमा नेपालको महिला टोली समूह चरणको चार वटै खेल जितेर समुह विजेता बनेको थियो।
समूह चरणमा श्रीलंका, बंगलादेश, भुटान र जर्मनीलाई हराउँदा क्वाटर फाईनलमा इरान र सेमिफाइनलमा युगान्डालाई माथ दिंदै फाइनलमा स्थान बनायो। फाइनलमा भने भारतसँग हारेको थियो।
पुरुष टोली समूह चरणमा पेरु, ब्राजिल र भुटानलाई हराउँदा भारतसँग हार बेहोर्यो। समूह उपविजेता बन्दै क्वाटर फाईनलमा प्रवेश गर्यो। क्वाटर फाईनलमा बंलादेश र सेमिफाइनलमा इरानलाई हरायो। फाइनलमा पुन: भारतसँग हार्दै दोस्रो भएको हो।
खो खो विश्व कपमा महिलामा १९ र पुरुष २० देशको सहभागिता रहेको थियो।
यो जितपछि खेलाडी तथा प्रशिक्षकहरूले कम्तीमा एउटा कभर्ड हलको व्यस्था गरुदिन आग्रह गरे। राखेपका सदस्य सचिव घिसिङले सरकारको नियम अनुसार यो टोलीलाई नगद सहित पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे।
खेलकुद विकास नियमावली २०७९ मा अन्तर्राष्ट्रिय महासङ्घ (आईएफ) विश्व च्याम्पियनसिप खेलको सामूहिक प्रतिस्पर्धातर्फ रजत पदक जिते ४५ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख छ।
त्यसका आधारमा खो खो को महिला र पुरुष दुवै टोलीका खेलाडीले ४५ लाख रुपैयाँ पाउनेछन् । त्यसका लागि मन्त्री परिषदबाट पास गर्नुपर्ने हुन्छ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।