1 month ago
January 18, 2025
काठमाडौ (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिन्ट्सले विजयी सुरुवात गरेको छ।
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज पहिलो खेलमा विराटनगरले धनगढी वाइल्ड क्याट्सलाई ४६-३४ को स्कोरमा हराउँदै सहज जित निकालेको हो।
खेल अवधिभर दबाब बनाएको विराटनगरले सुरुवात देखि नै अग्रता बनायो। पहिलो हाफमा धनगढीलाई दुई पटक अल आउट गर्यो। ११-५ स्कोर गर्दा पहिलो पटक र २३-१४ को स्कोरमा दोस्रो पटक अल आउट गर्दा पहिलो हाफमा विराटनगरले २४-१६ को अग्रता बनायो।
यही लयलाई दोस्रो हाफमा पनि विराटनगरले निरन्तरता दियो। सुपर रेड अंकमा विराटनगरले दोस्रो हाफको सुरूवातमा २७-१७ को अग्रता बनायो।
१० अंकले पछि परेको धनगढीका स्टेफन एमोल्लोले सुपर रेड स्कोरमा अन्तरलाई २९-२३ मा झारे। तर यसपछि फेरि विराटनगर नै हाबी बन्यो। सहजै खेल ४६-३४ ले आफ्नो पक्षमा पार्यो।
विजयी विराटनगरले रेडबाट २४ स्कोर, ट्याकलबाट १८ र अल आउटबाट ४ स्कोर जोड्यो। धनगढीले भने रेडबाट २३ र ट्याकलबाट ११ स्कोर जोड्दा अल आउट गर्न सकेन। यस जितसँगै विराटनगरले ५ अंक बनाएको छ।
आजै दोस्रो खेलमा हिमालयन रेइडर्स र जनकपुर नाइट्स भिड्ने छन्। नेपालमा पहिलो पटक जारी फ्रेन्चाइज एनकेएल लिगमा कुल ६ टोलीको सहभागिता छ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।