2 months ago
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भारत मैत्री विद्यालय बुद्धिचाल प्रतियोगिताको छात्र यु ११ नेपालका अग्रिम सैजु, यु १३ को भारत सिक्किम चेस एसोसिएसन निरभ ढकाल र यु १५ सिक्किमकै अभिशेष प्रधानले उपाधि जितेका छन्।
यु ११ को चौथो चरणमा पेभेलियन चेस एकेडेमीका अग्रिमले सिक्किमका एसे एबर भुटियालाई पराजित गर्दै उपाधि पक्का गरे। अग्रिमले ७ अंक जोडे। आयोजक पुष्पसदन स्कुलका हार्दिक पन्त ६ अंकका दोश्रो भए । एसे एबर टाइब्रेकरमा तेश्रो भए ।
यसैगरी यु १३ छात्र तर्फ ६.५ अंकका साथ निराभले उपाधि जिते । समान ६ अंक जोडेका पाठशाला सेकेण्डरी स्कुलका ओस्कार पन्थी दोस्रो र त्रियोग हाई स्कुलका आभाष रिमाल तेस्रो भए।
यु १५ मा अभनिष ७ अंक जोडेर च्याम्पियन भए । आयोजकका सुप्रभ सागर श्रेष्ठ ५.५ अंक जोडेर दोश्रो र समान ५.५ अंक प्रोग्रेसिभ टाइब्रेकर प्वाइन्ट आधारमा मातृभूमि स्कुलका सविद प्रजापति तेस्रो भए ।छात्रातर्फको खेल आइतवार सकिएको थियो।
कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णमान डंगोलले विजेता विद्यार्थी खेलाडीलाई ट्रफी, मेडलसहित पुरस्कृत गरे।
नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा भएको तीन दिने प्रतियोगितामा सिक्किमका ११ सहित २ सय ५८ खेलाडीको सहभागिता थियो।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]