default_image

4 months ago

January 12, 2025

च्याम्पियन सदभाव र राहुलसहित गल्फ टोली स्वदेश फर्कियो

399 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएका सदभाव आचार्य सहित नेपाली गल्फ टोली आज स्वदेश फर्किएको छ।

शनिवार सम्पन्न ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा सदभावले एकल र उनी सम्मिलित टोलीले टिम इभेन्टमा स्वर्ण पदक जितेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्की, महासचिव दिपक आचार्य तथा सदस्य दीपक थापा मगर लगायतले दोहोरो स्वर्ण विजेता सदभाव, टिमना स्वर्ण जितेका राहुल विके सहित नेपाली महिला खेलाडीद्वय तारा कार्की चित्रकार र सम्झना खत्रीलाई स्वागत गरे।

४ दिने प्रतियोगितामा सदभावले समग्रमा ३-ओभर २९१ को स्कोरमा ६ स्ट्रोकको फराकिलो अन्तरमा व्यक्तिगत स्पर्धाको उपाधि जितेका थिए। उनी यो च्याम्पियनसिपको उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका थिए ।

नेपालले सन् १९८८ को दोस्रो संस्करण देखि सहभागीता जनाउँदै आएपनि एकलमा उपाधि जितेको यो पहिलो पटक हो।
टिम स्पर्धामा नेपालले बंगलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकले माथ दिंदै स्वर्ण पदक जितेको थियो। सदभाव र राहुलको जोडीले इभन-पार २८८ स्कोरमा स्वर्ण जितेको हो। टिम स्पर्धामा कूल ८ टिमको सहभागिता थियो।

सदभाव टिम र व्यक्तिगत दुवैतर्फ स्वर्ण पदक जित्ने पनि पहिलो नेपाली खेलाडी पनि बने। व्यक्तिगत तर्फ यस अघि सुबाश तामाङले रजत तथा दिपक आचार्यले कास्य जितेका थिए। टिम तर्फ भने सुबाश र सदभावले ३६औं संस्करणमा स्वर्ण पदक जितेका थिए।

प्रतियोगितामा नेपाल सहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरि ८ देशका १ सय खेलाडीले भाग लिएका थिए।

April 30, 2025

नवौं पोखरा स्पोर्टस् अवार्ड- ४ विधाको मनोनयन

पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको‌ वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]

April 30, 2025

राष्ट्रिय हक्की -आर्मीलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ ।                                   नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]

April 30, 2025

बिर्तामोडमा फुट–७ कप खुला फुटसलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]

Success

Thank you for your time.